ब्ल्याक हर्ष सुज इन्डष्ट्रिजद्वारा बालबालिकालाई जुत्ता प्रदान
जेठ ५, बाह्रबिसे । ब्ल्याक हर्ष इन्डष्ट्रिजद्वारा अध्यायन गरिरहेका बालबालिकाहरुलाई निशुल्क जुत्तापोशाक प्रदान गरेको छ ।
गत बर्ष सिन्धु सोसाइटी अमेरिका र ब्ल्याक हर्स सुजबिच भएको सम्झौता अनुसार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बेद बहादुर श्रेष्ठको हातबाट बालबालिकाहरुलाई निशुल्क जुत्तापोशाक प्रदान गरिएको हो ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको कार्यालय बार्हबिसेमा अध्यायनरत छात्रछात्रालाई जुत्ता हस्तान्तरण गरिएको सिन्धु सोसाईटीका नेपाल प्रतिनिधि सदस्य भुपेन्द्र भण्डारीले जानकारी दिए ।
हस्तान्तरण कार्याक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सल्लाहकार उपसभापति यादव दाहल, सल्लाहकार कमल बहादुर श्रेष्ठ, कार्यकारी प्रमुख ईशवरी चालीसे समाजसेवी अमृत श्रेष्ठको उपस्थिति भएको हो ।
संथाले पढ़ाई राखेको २१ जना विद्यार्थीलाई बर्षको २ जोरका दरले ३ बर्ष सम्म जुत्ता उपलब्ध गराउने ब्ल्याक हर्ष सुजका अध्यक्ष चिनबहादुर श्रेष्ठले जानाकारी दिए ।
२०७९ साल माघ १५ ब्लाक हर्ष इन्डष्ट्रिज र सिन्धु वेलफेयर सोसाइटीबीच भएको सम्झौता अनुसार ब्लाक हर्ष इन्डष्ट्रिजले उत्पादन गरेको जुत्ता वेलफर सोसाईटी मार्फत बालबालिकाहरुलाई निशुल्क उपलब्ध गराउने उल्लेख गरिएको थियो । त्रिपुरेश्वरमा ब्लाक हर्ष इन्डष्ट्रिज प्रा.लीको नाममा दर्ता भई उत्पादनमा लागेको ब्लाक हर्ष सुजका सञ्चालक चीनबहादुर श्रेष्ठ र सिन्धु वेलफेयर सोसाइटी अमेरीकाका अध्यक्ष सूर्यबहादुर खड्काले सम्झौता गरेका थिए ।
सोसाइटीको मातहतमा बिभिन्न विद्यलायमा रहेको विद्यार्थीहरुको लागी वार्षिक २ जोरको दरले (वार्षिक ४० जोर) स्कुल जुत्ता ३ बर्ष सम्म प्रधान गर्नेछ ।
स्मरण रहोस सिन्धु वेलफेयर सोसाइटी अमेरीकाले विगत बर्ष देखिनै सिन्धुपाल्चोकका विभिन्न विद्यालयका बालबालिकाहरुको लागि छात्रवृति तथा शैक्षिक सामग्री प्रदान गर्दै आईरहेको छ ।