आहा ! कस्तो राम्रो संस्कार, कस्तो मौलिकता, यस्तो पो विद्यालय
दिनेश दुलाल
खाडीचौर । सदबहार एकेडेमी खाडीचौर बोर्डिङ स्कुल कक्षा ३ मा अध्यानरत सृष्टि कार्की फुरुङ्ग छिन् । चोली फरियामा चिटिक्क परेकी सृष्टि र उनका साथीहरुले दर्शक सामु नृत्य प्रस्तुत गर्न पर्ने छ । कार्यक्रम ठिक १२ बजे सुरु भयो तर सृष्टि लगाएत उनका साथीहरु बिहान ८ बजे देखि नै तम्तयारीमा थिए ।
बैशाख २९ गते शुक्रबार सदबहार एकेडेमीको १६ औं अभिभावक दिवस तथा पूर्व प्रा.वि दिक्षान्त समारोह थियो । विद्यालयकै प्राङ्गणमा भएको उक्त कार्यक्रम ध्वजापताङ्गाले सिंगारिएर होईन । न त त्याहाँ कुनै तडकभड नै थियो । विद्यार्थीहरु पनि कति अनुशासित । अझ आर्कषक त केबल अभिभावकहरुहरुको बाक्लो सहभागिताले काफी थियो । सामुदायिक एकाध विद्यालयहरुमा बाहेक अधिकांशको वार्षिकोत्सव कार्यक्रममा अभिभावकहरु न्युन संख्यामा उपस्थित हुन्छन् । तर यहाँ विद्यार्थी भन्दा पनि ज्यादै अभिभावक भएको जस्तो भरिभराउ उपस्थिति थियो । कार्यक्रमको प्रमुख आतिथ्यता सुनकोशी गाउँपालिका अध्यक्ष टपेन्द्र तिमिल्सिना, विशेष अतिथि पालिका उपाध्यक्ष कान्छी लामा, निजी विद्यालय प्याप्सनका जिल्ला अध्यक्ष ओप्रप्रसाद उप्रेती लगाएतको सहभागिता थियो । अतिथिहरुलाई कार्यक्रममा स्वागत र सत्कार गर्ने तरिका पनि बेग्लै ।
अकसर गरेर प्राय विद्यालयहरुका वार्षिक उत्सव कार्यक्रममा खादा मालको ज्यादै प्रयोग हुन्छ । तर सदबहारमा अतिथि सत्कारको लागि स्थानीय मौलिकता देखियो । त्याहाँ खादा माला र व्याच बजारबाट खरिद गरिएको थिएन बरु स्थानीयमै उत्पादित प्रयोग गरियो । वोर्डिङ स्कुलकी शिक्षिका सविना केसी लगाएत टोलीले अतिथिहरुलाई स्थानीयमै तयार गरिएको रुद्राक्षको माला र पिपलको पातको व्याज लगाईदिए । साथै पानी अमला र स्थानीय फूलहरु मिसावट पुष्पागुच्छाले स्वागत । आहा ! कति राम्रो सुहाको । रुद्राक्षको माला शान्तिको प्रतिक हो भने पिपलको पात सदभाव, मायाँ र एकताको प्रतिबिम्ब हो । त्यहि पातमा लेखिएको थियो अतिथि । पैसा खर्चेर मात्रै कार्यक्रमको आकर्षक बढ्ने होईन । हामीमा परम्परागत एउटा गलत संस्कारको छाप बसिसकेको छ । कार्यक्रममा फजुल खर्च गरेर ज्यादा औपचारिकता गर्न खोज्नाले हाम्रो स्थानीय मौलिकता लोप हुँदै गएको छ । अघिपछि दाम्रो बन्ने तर एकदिन ज्यादै चिल्लो चाप्लो बन्ने हाम्रो व्यथिति संस्कार छ । यसकारण मौलिकता सिक्न सदबहारबाट काफी छ ।
जेष्ठ नागरिक एकजना वृद्ध आमालाई कार्यक्रमको सभाअध्यक्ष राखेर सदाबहार वोर्डिङ स्कुलकी प्रिन्सिपल दुर्गा थापाले कार्यक्रमको सञ्चालन गरिन । शिक्षिकाहरुले स्वागत नृत्य प्रस्तु गर्दा कार्यक्रमको रौनकता अर्कै भयो । नर्सरी देखि १० कक्षा सम्मका सबै विद्यार्थीहरुले अनुशासित पूर्वक आफ्नो कला प्रस्तुती दिए । साना नानीबाबूहरुको दिक्षान्त समारोह जिल्लाकै लागि नौलो थियो ।
हरेक नागरिकले कसरी मानवीयता र सभ्य नागरिकको परिचय दिनपर्छ भन्ने कुरा विद्यार्थीहरुले छोटो ड्रामा प्रस्तुत गरेर सिकाए । शिष्ट, सभ्य, नम्र र शालिन बन्ने कुरा अरुलाई सिकाएर हुने कुरा होईन, आफूले व्यवहारमा देखाएर अरुले जान्ने र सिक्ने कुरा हो । सदबहारमा जस्तो प्रिन्सिपल त्यस्तै शिक्षक र विद्यार्थीमा देखियो । विद्यार्थीमा कुनै उश्रृंखल र अरजकता देखिएन, साना देखि ठूला सम्म सबै अनुशासित । भव्य महलले मात्रै विद्यालयको शान बढ्ने होईन । झुप्रै भएपनि थितिमा चल्ने हुनुपर्ने रहेछ । ईन्द्रावती गाउँपालिकामा जन्मिएकी सृष्टिलाई उनका बाबूआमाले आफू धनी भएर भौगोलिक रुपमा त्यति टाढा रहेको सदबहार बोर्डिङमा पढाउन ल्याएका पक्कै होइनन् । त्याहाँको अनुशासन, सभ्य संस्कार र राम्रो अध्यापनले नै हो । निजी लगानीमा भएपनि त्याहाँ गरिबका छोराछोरी पनि पढ्छन् ।
यहि संस्कार, संस्कृति र आफ्नो मौलिकताको धनी सदाबहारको १६ औं अभिभावक दिवस तथा पूर्व प्रा.वि दिक्षान्त समारोह भव्य र सभ्य बन्न सक्यो । कार्यक्रमका प्रमुख अतिथि सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिना कार्यक्रमबाट निकै प्रभावित भए । तिमिल्सिनाले आफ्नो कार्यकाल सुरु भएको एक वर्षमा विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सदवहारको अभिभावक दिवस तथा दिक्षान्त समारोह पहिलो र भव्य भएको भन्दै खुलेर प्रशंसा व्यक्त गरे । एकेडेमीको दिक्षान्त समारोह जिल्लामै नौलो भएको समेत बताए । निजी लगानीमा सञ्चालित प्रभाईभेट स्कुलहरुको प्रगतिबाट सिक्न समेत उनले आग्रह गरे ।
खानपिनमा समेत मौलिकता ल्याएको सदाबहारको हरेक क्रियाकलापले प्रत्येक नागरिकमा सभ्य, सरल, अनुशासन र मितव्यविता बन्न जीवनभरीको मार्गदर्शनको चिनारी प्रस्तुत गर्न सफल भएको छ ।