सुख्खा क्षेत्र सानोसिरुवारी नेपाने बासिले १ सय १९ धारा पाए

निर्मल बस्नेत
र्बैशाख २९, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ सुख्खा क्षेत्र नेपानेबासीले १ सय १९ धारा पाएका छन् । नगरकाे एक घर एक धारा कार्यक्रम अन्तरगत धारा पाएका हुन् ।

नगरपालिकाकाे आर्थिक सहयोगमा निर्मित धाराकाे उद्घाटन बिहिवार एक कार्यक्रमकाे बिच नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् । धारा उद्घाटनपछि नगरप्रमुख सापकोटाले नगरले त एक चोटि दिएको छ अब यसको संरक्षण गर्ने काम तपाई उपभोक्ताहरुको नै हो भनेका छन् । उनले भने हामी समृद्ध नगरकाे याेजनामा लागिरहेका छाै, यस क्रममा सवैकाे रचनात्मक साथ र सहयाेगकाे अपेक्षा गरेका छाैँ ।

नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेकाे धारामा पानी आएपछि स्थानीयमा खुसि भरिएकाे छ । सुख्खा क्षेत्रकाे रुपमा चिनिएकाे सिरुवारीकाे नेपानेमा खानेपानी संगै करेसावारीमा पानीकाे प्रयाेग तरकारी लगाउन समेत हुने भएकाे छ ।

साेही अवसरमा वडा अध्यक्ष डम्बर बहादुर तामाङले नेपाने नाम पानी नपाउने ठाउँ भएको कारणले नै नेपाने नाम रहन गएकोले आजबाट अब नेपाने पानी पाउने ठाउँ बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुखज्युले साँचिक्कै अभिभावकको भुमिका निर्भाह गरेकाे बताए । उनले भने सुखी नेपाली समृद्द नेपालको अभियान तर्फ उन्मुख भएको अभास गरेका छौ, साथै साे स्थानकाे २०३८ सालमा देखिको सपना आज पूरा भएकोमा खुसि व्यक्त गरे ।