हेलिकप्टर दुर्घटना, ३ गम्भिर घाईते

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना ३ गम्भीर घाइते भएका छन् । क्याप्टेनसहित ३ घाईतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिएको प्रहरीले पुष्टी गरेको छ ।
दुर्घटनामा ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।
उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।