
लिसंखुपाखरका २२ किसानलाई किवि टि–वार वितरण

बैशाख १३, अत्तरपुर । जिल्लाको लिसंखुपाखर गाउँपालिकाको ५० प्रतिशत अनुदानमा २२ किवि खेती किसानलाई किवि टि–वार वितरण गरिएको छ ।
किविलाई थाङग्रोको रुपमा प्रयोग हुने किवी टि–वार बुधबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्टले एक कार्यक्रमका बीच किसानलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रम पछि संक्षिप्त कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत विष्टले पालिकाको किवि खेती प्रवद्वन कार्यक्रम अन्र्तगत किसानलाई ५० प्रतिशत अनुदानमा किवि टि–वार वितरण गरिएको उनले बताए । गाउँपालिकाले किसानसंग प्रत्यक्ष जोडिएर किवी र आलुलाई विशेष प्राथमिकतामा राखेर लगानी गरेको उनले बताए ।
त्यस्तै वडाअध्यक्ष भक्त बहादुर शाक्यले गाउँपालिकाले अनुदान दिएको सामाग्रीलाई सहि सदुपयोग गर्न आग्रह गरे ।
गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष नेपालका अनुसार लिसंखुपाखरमा एकसय भन्दा बढी किसानले किवि खेती व्यवसाय गरेका छन् । जसमध्ये निम्न आय भएका कृषकलाई पहिलो प्राथमिकतामा राखेर बुधबार ३ सय ८ थान किवि टि–वार वितरण गरिएको हो । उनका अनुसार फलामको टि–वार प्रति गोटा ढुवानी समेत गरेर २ हजार ५ सयमा गाउँपालिकाले खरिद गरेको हो । किसानले अब १ हजार २ सय ५० रुपैंयामा पाउने छन् । क्रमश ः अरु किसानलाई समेत टि–वार वितरण गरिने कृषि शाखा प्रमुख नेपालले जानकारी दिए ।