
शिक्षामा आमुल परिवर्तन गर्दै हेलम्बु, सिभिल इन्जिनियरिङ निशुल्क पढाईको सुरुवात हुने

बैशाख ११, किउल । हेलम्बु गाउँपालिकालाई शिक्षाको मोडल बनाउने पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको सपना पुरा हुने भएको छ । जसअनुसार हेलम्बु गाउँपालिकामा प्राविधिक धारतर्फको सिभिल इन्जिनियरिङ फ्रीमा पढाई हुने भएको छ ।
जिल्लाको ग्रामीण भेग हेलम्बुमा कक्षा ९ देखि कक्षा १२ सम्म ४ वर्षे डिप्लोमा इन्जिनियरिङ पढाइ हुने भएको हो ।
शुक्रबार मन्त्री स्तरीय निर्णयबाट हेलम्बु मोडेल माध्यामिक विद्यालयमा विशेष अनुदान सहित प्राविधिक धारतर्फको पढाइ हुने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेर्पाले शिक्षा स्वास्थ्य रोजगारीमा हेलम्बुलाई नमुना गाउँपालिका बनाउने घोषणा गरेका थिए । हिमालयन ग्रेटट्रेल महत्वकांक्षी योजनाको थालनी गरेको हेलम्बु गाउँपालिकाको मोडल विद्यालय पनि उतिनै चर्चामा छ ।