अन्तत ः तातोपानी नाका आंशिक निर्यातमै सिमित, तत्काल पूर्णरुपमा नाका नखुल्ने

बैशाख ५, (२०८०) तातोपानी । रसुवागढी नाका जस्तै तातोपानी नाका पनि पूर्ण रुपमा खुलाउने हल्ला चलाएपनि अन्ततः तातोपानी नाका आंशिक निर्यातमा मात्र सिमित हुने देखिएको छ ।

सोमबार बसेको सिमा सुरक्षा बैठकमा नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको बिच भएको बैठकमा चिनिया पक्ष निर्यातका लागि सहमत भएको हो । तर निर्यातका लागि खुलेपनि आंशिक मात्रै हुने तातोपानी भन्सार कार्यालयका प्रमुख तातोपानी भन्सार अधिकृत दयादन्द केसीले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार अब नेपालीले निर्यातका लागि नेपालबाट खाद्यन्न जडीबुटी लगाएत बस्तुहरु मितेरी पुलको आधा भागसम्म पु¥याउन सक्नेछन् । ‘मानिस आवातजावत तथा गाडी खासा सम्म जाने कुरा होईन निकासी मात्रै हो’ प्रमुख भन्सार अधिकृत केसीले भने ।

तातोपानी नाकाबाट पहिलेको जस्तो निर्यातका लागि नेपालीले प्रयाप्त सामाग्री उपलब्ध गराउन नसक्ने केसीको ठम्यार्ई छ । उनका अनुसार पहिला खासा सम्मको लागि खाद्यन्न तथा तरकारी र सतुवा लगाएत जडीबुटी समेत निकासी हँुदा नेपालीलाई राम्रो आम्दानीको श्रोत थियो । त्यतिबेला मात्रै खासामा होटल सञ्चालन लगाएत गतिविधिमा तिब्बतीयन बाहेक ५ सय नेपाली स्थायी झैं बसोबास गरेका थिए । तर खासा अहिले सुनसान छ । निकासी खुलेपनि नेपालबाट हस्ताकला समाग्री बाहेक अन्य बस्तु निर्यातको सम्भावना नभएकोे प्रमुख भन्सार अधिकृत केसीले प्रस्ट्याए ।

अहिले नेपाली व्यापारीहरुले खासाबाट नेपाल तर्फ दैनिक ६÷७ कन्टेनर मार्फत स्याउ, लसुन तथा लत्ताकपडा लगाएत सामाग्री मितेरी पुल सम्म ल्याउन पाउँछन् । जुन शिल्क कम्पनी संलग्न छ । बैठकमा व्यापारीहरुले खासासम्म आफूहरु जान दिनुपर्ने चिनिया पक्षसंग माग गरेपनि उनीहरु सकरात्मक नभएको शिल्क कम्पनीका व्यवस्थापक विजय शेर्पा बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नाय उपरिक्षक राकुमार यादवका अनुसार छलफलमा सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी काउन्टर पार्ट मिटिङ भएको हो । उनका अनुसार बैशाख १८ बाट निर्यातका लागि नाका सुचारु हुनेछ ।

त्यस्तै दुवै देशबिच कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने तथा सुचना सम्प्रेषण गर्ने, अन्तर्देशीय सिमना सुरक्षा ब्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदशील रहि आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने रहेको छ । यसैगरी वैठकले थप चेक प्वाइन्ट राखी कडा चेक जाँचको ब्यवस्था मिलाउने, सिमा सुरक्षा सम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान प्रदान गर्ने र बिगतमा भए जस्तै आगामी दिनहरुमा समेत आपसी सुरक्षा सम्बन्धी काम कारवाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रहि सुरक्षा ब्यवस्थालाई मजबुद बनाउने लगाएत निर्णय भएको सूचना अधिकारी यादवले जानकारी दिए ।