
त्रीत्री सुन्दरी साना किसान कृषि सहकारीद्वारा जेष्ठ नागरिकलाई फलफूल वितरण

बैशाख २
ताैथली । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा रहेकाे त्रीत्री सुन्दरी साना किसान कृषि सहकारीद्वारा जेष्ठ नागरिकलाई फलफूल वितरण गरेकाे छ ।
त्रीत्री सुन्दरी साना किसान कृषि सहकारीद्वारा संचालित जेष्ठनागरिक आराम घरको आठाैं बर्षकाे उपलक्ष्यमा बैशाख १ नयाँ बर्षकाे उपलक्ष्यमा उक्त कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा ताैथलीका ८० जना भन्दा माथी वृद्धवृद्धाहरूलाई सम्मान गरिएकाे साना किसान कृषि सहकारीद्वारा सञ्चालित जेष्टनागरिक अारम घर सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार ताैथलीमा रहेकाे उक्त जेष्ठ नागरिक अारम घर ७ वर्ष अघि निमार्ण भएकाे हाे
।
प्रत्येक बर्ष जेष्ठ नागरिक सम्मान तथा विविध कार्यक्रम गरिएकाे श्रेष्ठले जानकारी दिए ।
स्मरण रहाेस पालिका भरिकै उत्कृष्ट जेष्ठनागरिक अारम घर ताैथलीकाे चर्चामा छ ।