‘सबै उद्योगी व्यवसायी साथीहरुको आवजलाई निरन्तर उठाईरहने छु’

बेदबहादुर श्रेष्ठ
केन्द्रीय सदस्य उम्मेदवार (जिल्ला÷नगर खुल्लाबाट) नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ साधारण सभा तथा अधिवेशन चैत्र २८ र २९ गते काठमाडौमा हुँदैछ । उक्त अधिवेशनमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ जिल्ला ÷नगरको तर्फबाट खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर निर्वाचनको मैदानमा उत्रिएका छन् । अधिवेशनको गर्मागर्मी चलिरहँदा उम्मेदवार श्रेष्ठको तयारी कस्तो छ ? र भावी उनको लक्ष्य के छ भनेर सिन्धुज्वाला अनलाईन पत्रिकाका सम्पादक दिनेश दुलााले उम्मेदवार श्रेष्ठसंग लिएको कुराकानीको सम्पादित अंश–सम्पादक

१) यहाँ नेपाल उद्योग बाणिज्य महासंघको आगमी चैत्र २८ र २९ गते हुने ५७ औ साधारण सभा तथा अधिवेशनमा जिल्ला ÷नगरको तर्फबाट खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ, कस्तो छ तयारी ?

निश्चयनै तयारी राम्रै भईरहेको छ । उद्योग वाणिज्य महासंघमा आवद्व सबै व्यापारी, व्यवसायी र उद्योगी सदस्यहरुमा भेटघाट, छलफल तथा अन्तक्रिया मार्फत आसन्न निर्वाचनमा मेरो पक्षमा मतदान गर्ने गरी तयारी पुरा गरेको छु ।

२) यहाँ चुनावी अभियानको दौडानमा पूर्व पश्चिम सबै क्षेत्र डुलीसक्नु भएको कस्तो पाउनु भएको छ उद्योगी व्यवसायीहरुको भावना ?
महासंघ साना, मझौला र ठूला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । यि सबै किसमका साथीहरुलाई भेटघाट गर्ने अवसर जुट्यो । भेटघाटका क्रममा उहाँहरुका महत्वपूर्ण सुझाबहरु समेत हामीले पायौं । आफ्नो व्यवसायलाई भन्दा पनि महासंघलाई माया गर्ने, संगठन भित्र लोकप्रिय र राज्यस्तरमा नीति निर्माताहरुसँग सहजै पहुँच राख्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा साझा मुद्दालाई बोकेर हिडने र अहोरात्र खटिने निर्भिक नेतृत्व नै हाम्रो आजको आवश्यकता हो भन्ने उहाँहरुको धारणा हामीले पायौं । भोलीको लागि पनि सोच्नुपर्दा महासंघलाई दिशाबोध गर्न सक्ने र दुःख लगानी गरेका व्यक्ति छनोट गरी स्वविवेकले अमूल्य मत जायर गर्ने अवसरबाट हामी चुक्दैनौं भन्ने उहाँहरुको प्रतिवद्वता समेत हामीले पायौं । यसकारण आसन्न निर्वाचन र नेतृत्व चयन हाल नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । यही बेला हो सहि व्यक्तीहरु चुन्ने । त्यसैले उहाँहरुले सोच विचार गरेर मलाई जिल्ला÷नगरको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।

३) जुन क्षेत्रबाट यहाँ उम्मेदवारी दिनुभएको छ । आफूलाई जित्ने आधार चाँही के देख्नुहुन्छ यहाँले ?

म अधिकांश व्यापारी व्यवसायी साथीहरुका माझ पुगेको छु । म सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष भएर एक कार्यकाल बिताउँदा मेरो नेतृत्वमा भएका काम कारबाहीहरुको समेत केही अनुभव छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ र राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्छ भनेर आवाज उठाईरहेको छु । निजी क्षेत्रको अवस्था बुझ्न र हातेमालो गर्न महासंघ जिम्मेवार बन्नुपर्छ भन्ने मेरो मान्यता हो । सिन्धुपाल्चोकमा जुरे पहिरो देखी भूकम्प र बाढीपहिरोमा परेका जनता र व्यवसायी साथीहरलाई सहयोग पु¥याएका छौं । कोभिडबाट सिर्जित बिषमता माझ धेरै साथीहरु आहतमा हुनुहुन्थ्यो म समेत संलग्न भएर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्मा भएका महत्वपूर्ण कामहरुको फेहरिस्त अहिले सुनाउन सम्भव नहोला । कयौं व्यापारी व्यवसायी साथीहरु आहतमा हुनुहुन्थ्यो । उहाँहरुको पिडा, रोदन आदीलाई हामीले सहयोग ग¥यौं । साथै राज्य स्तरबाट सम्बोधन गर्नलाई महासंघले नेतृत्व लिनुपर्छ भनेर समेत मैले आवाज उठाएको छु । यि लगाएत तमाम समस्या र दायित्वबाट महासंघ विमुख हुनु हुँदैन । हामीले निजी क्षेत्रका समस्याहरुलाई हल गर्ने गरि आफुले सकेको प्रयास जारी राख्नु पर्छ भनेर अहिले पनि आवाज उठाईरहेको छु । यसकारण यहि नै मेरो जित्ने मुख्य आधार हो । यहि मूल्याङकन गरेर नै मलाई साथीहरुले जिताउनुहुनेछ ।

४) नेपाल उद्योग वाणिज्य माहासंघ सबै उद्योगी र व्यवसायीहरुको छाता संगठनको रुपमा बन्न सकेन केही धनाड्य र पूँजीपति वर्गको मात्रै भयो भन्ने आरोप छ नी ?

नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ हो भनेर सायदै फेरी पनि भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन भएको हुनाले सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । यसकारण यहाँले भनेजस्तै नेपाल उद्योग वाणिज्य माहासंघ सबै उद्योगी र व्यवसायीहरुको छाता संगठनको रुपमा बन्न सकेन केही धनाड्य र पूँजीपति वर्गको मात्रै भयो भन्ने आरोपमा कुनै सत्यता छैन् ।

५) यहाँ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्तमान अध्यक्ष समेत भएका अनुभव संगालीसक्नु भएको छ । अब केन्द्रीय सदस्य हुँदा जिल्लालाई केन्द्रसंग कसरी तालमेल मिलाउने सोच्नु भएको छ ?

निश्य नै जिल्लाका तमाम समस्याहरुलाई केन्द्रसंग अर्थात महासंघसंग जोडेर हल गर्ने प्रयात्नमा लाग्नेछु । उद्योगी, व्यवसायी लगाएत नीजि क्षेत्रका बारेमा चाहे सरकारमा होस, चाहे सडकमा र सदनमा होस घर, चौतारा, पाटीपौवा, चिया पसल, फ्याक्ट्री, पसल लगाएत सामान्य व्यवसायीका भावना समेत महासंघ संग जोडेर समाधान गर्ने प्रयत्नमा हुनेछु ।
हामीले हाम्रो दायित्वलाई पुरा गर्दै सबै उद्योगी व्यवसायीहरुको अधिकारलाई निर्वाध रुपमा उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

६) मुलुक आर्थिक रुपमा टाट पल्टिएको छ । मुलुकमा हरेक बस्तु अन्य मुलुकमा निर्यात होईन आयत मात्र भएको छ । निर्यातमूखि अर्थतन्त्रको विकासको लागि नेपाल उद्योगवाणिज्य महासंघले खासै पहल नगरेको भन्ने सुनिन्छ नी ?

निश्चय नै यहाँले भने जस्तै यतिबेला मुलुक आर्थिक रुपमा निकै संकटमा छ तर यो समस्या नीजि क्षेत्रको कारणले होईन । राज्य सञ्चालन गर्नेहरुको समस्याको कारणले हो । अर्थात राजनैतिक अस्थिरताको कारणले हो । हामी नीजि व्यवसायीहरु आ–आफ्नो पेशा गर्छौ, रात विहान नभनी कुदछौ, कर तिर्छौ, रोजगारी सिर्जना, अर्थतन्त्र चलायमान गराउन लागि परेका छौ । अझ ठुलो कुरा आफ्नो भविस्य दाउमा लगाएर ठुलो जोखिम उठाएर व्यवसाय चलाईरहेका छौं । राज्यले एउटा नीति नबाउँदा व्यवसायीहरुले निर्वाद व्यवसाय सञ्चालन गर्न पाएका छैनन् । उनीहरुले चर्को व्याजको मारमा खेपिरहेका छन् । कयौं व्यापारी साथीहरु आत्महत्या गर्ने अवस्थामा समेत पुग्न वाध्य भएका छन् । यो कुरा राज्यले गम्भिरतापूर्वक लिएको छैन् तर महासंघले आवाज उठाईरहेको छ ।

विगतमा हामीले गर्दै आएको पेशाले हामी मात्रै होईन सिंगो मुलुकको विकासमा योगदान पुगेको छ । तर हामी राज्यबाट उपेक्षामा परेको महसुस गरेका छौ । यसकारण अब यसको समिक्षा गर्नपर्ने हामीले आवश्यक ठानेका छौं । हामीसँग अपवाद वाहेक सबै चिज छ– बल, बुद्धी, विवेक, स्रोत छ, साधन छ हर चिज छ तर हामीले सत्ता र सदनमा जानेहरुलाई निजी क्षेत्रको महत्व नै बुझाउन सकेनौ, हामीले उनीहरुसँग हाक्काहाक्की कुरा राख्नै सकेनौ, निजी क्षेत्रको महत्वबोध गराउनमा चुक्यौ होला यसमा हाम्रा केही कमी कमजोरीहरु हुनसक्छन् । अब बन्ने नयाँ नेतृत्वले निजी क्षेत्रलाई सहि गति दिन सक्ने टिम आउनेछ भन्ने मैले विश्वास लिएको छु । विगतका कमी कमजोरीको समिक्षाले महासंघलाई अघि बढन ठुलो मद्धत मिल्ने मेरो विश्वास छ ।

७) मुलकमा उद्योग कलकारखाना सबै बन्द छन् । बन्द भएका उद्योग कलकारखाना सञ्चालनका लागि यहाँहरुले सरकारसंग समन्वय गर्नु भएको छ की ?

राज्यको प्रमुख आर्थिक स्रोत भनेको नै नीजि क्षेत्रको लगानीमा कलकारखाना, उद्योगधन्दा तथा व्यापार व्यवसायबाट नै हो । तर यो अवस्था अहिले नाजुक अवस्थामा छ । यहाँले भनेजस्तै उद्योग कलकारखाना तथा व्यापार व्यवसाय सबै ठप्प छ । राज्यको सहि नीति नभएका कारण नेपालको निजी क्षेत्र डामाडोल हुन पुगेको छ । यसको पहलकदमी गर्ने अब महासंघले नै हो । विगतमा जे भए भए, अब भने हामीले महासंघलाई नयाँ शिराबाट अगाडी बढाउनै पर्छ । दुरगामी सोच बोकेर सार्थक पाईला चाल्न अब कम्मर कसेर लाग्नु पर्छ । व्यापारी व्यवसायीहरुको पिडा, रोदन आदीलाई राज्य स्तरबाट सम्बोधन गर्नलाई महासंघले पहल लिनुपर्छ र लिन्छ पनि । यो दायित्वबाट महासंघ विमुख हुँदैन । सरकारलाई निरन्तर घचघचाईरहनेछ ।

८) यहाँ सिन्धुपाल्चोकबासी हुनुहुन्छ । यहाँसमेत सक्रियपूर्वक लागेर सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको अगुवाईमा थुप्रै पटक तातोपानी नाका खोल्न पर्यत्न भएको भन्ने सुनियो तर कुनै परिणाममुखि देखिएन नी ?

यहाँले भनेजस्तै सिन्धुपाल्चोक जिल्लाको मात्र नभई देशकै महत्वपूर्ण ऐतिहासिक तातोपानी नाका सबैको चासो र चिन्ताको विषय बनेको छ । पहिल्यैको अवस्थामा नाका सुचारु गराउन हामी निकै पहल र प्रयात्न गर्यौं । कयौं पटक प्रधामन्त्री देखी उच्च ओहदाका व्यक्तिहरु मार्फत पहल ग¥यौं तर हाम्रो एकल प्रयात्नले मात्र सम्भव हुने कुरा होईन । नेपाल सरकारको कुटनीति पहल मात्र हुने कुरा थियो । मलाई लाग्छ रसुवागढी नाका सर्वसाधारणको लागि समेत खुलेसंगै अब तातोपानी नाका पनि सोही रुपमा खुल्नेछ भन्ने हामीले आशा लिएका छौं । अब बन्ने महासंघको नयाँ टिमले यसमा थप प्रयत्न गर्नेनै छ ।

१०) अन्त्यमा यस मिडिया मार्फत थप भनाई केही छ की ?

आसन्न निर्वाचन र नेतृत्व चयन हाल नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । यही बेला हो सहि व्यक्तीहरु चुन्ने अवसर हो । त्यसैले हामीले सोच विचार गरेर नेता छनौट गर्नुपर्छ । म जस्ता हामी केही नयाँ अनुहारमा महासंघलाई सहि दिशा दिने प्रबल सोच छ । जोस छ, जाँगर छ । मलाई लाग्छ हामी सबै निपूर्ण छौ । अनि महासंघ हाँक्न उस्तै सक्षम छौ । तसर्थ मेरो जिल्ला÷नगरबाट खुल्ला केन्द्रीय सदस्य पदमा सबै उद्योगी व्यवसायी साथीहरुले पक्कै पनि उचित मुल्यांकन गर्दै अमुल्य मत दिएर मलाई जिताउनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ अपेक्षा लिएको छु । धन्यवाद