
मेयर सापकोटाद्वारा छ्याेर्तेन सिलान्यास

निर्मल बस्नेत
(१७ चैत्र २०७९)चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ काे छापमा छ्याेर्तेन बन्ने भएकाे छ । छ्याेर्तेनकाे सिलान्यास नगर प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् ।
सिलान्यासपछि बाेल्दै मेयर सापकोटाले हिन्दु अधिराज्यबाट धार्मिक स्वतन्त्रता सहित आत्मनिर्णयको अधिकारकाे लागि आफु सम्बद्ध पार्टीले उठाएकाे एजेन्डामा देश अघि बढिरहेको जिकिर गरे ।
उनले भने आज हामीले संघर्ष र आन्दोलनबाट स्थापित मूल्य मान्यताहरु धेरै छन् त्याे मध्ये धार्मिक स्वतन्त्रता एक हाे । र, आज निर्भिकतार्पूर्वक स्वईच्छाले धर्म राेज्न पाउने भएकाे छ र धर्मले सुसज्जित र अनुशासित बनाउन मद्दत गर्दछ । बुध्दकाे ब्यक्तित्व र चरित्रकाे बारेमा चर्चा गर्दै राम्रो पक्षकाे अनुसरण गर्न आग्रह गर्दै मेयर सापकोटाले सदैव साँगाचाेकबासि समुदायको दुःख सुखमा साथ र सहयाेग रहने प्रतिबद्धता जनाए ।
नेकपा (माओवादी केन्द्र) का जिल्ला संयाेजक गाेबिन्द पराजुली अभिनाशले पार्टीको १० बर्षिय जनयुद्धमा आम शाेषित पीडित जनसमुदायकाे साथ समर्थनले आजकाे अवस्था सिर्जना भएकाे बताए । साेही कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) नगर इन्चार्ज उजारसिं तामाङले धर्म, संस्कृति , सामाजिक मूल्य मान्यतामा चिन्तन गर्दै संस्कृति जगेर्नामा सवैले ध्यान दिनुपर्ने कुरामा जाेड दिए ।
कार्यक्रममा समाजसेवी, राजनीतिककर्मी र स्थानीय समुदायहरुकाे उपस्थिति रहेकाे थियाे ।