
नागरिकको स्वास्थ्यमा जोड दिदै चौतारा साँगाचोकगढी नगरपालिका

निर्मल बस्नेत
(१२ चैत २०७९) चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमको तिब्रता दिई नागरिकको स्वास्थ्यमा जोड दिदै आईरहेको छ ।
नगरपालिकाको वडा नम्बर १ बाट सुरु गरिएको पहिलो चरणको कार्यक्रम अन्तिम अवस्थामा पुगेको छ ।
आईतबार वडा नम्बर ८ इर्खु स्वास्थ्य चौकीमा गरिएको शिविरमा २ सय १९ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका छन् । शिविरमा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य चौकीको प्रमुख केशव नापितलाई स्वाथ्य परिक्षण सामग्री हस्तान्तरण गरि शिविरको उद्घाटन गरिएको थियो ।
उक्त शिविर उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले अहिले संचालित शिविर प्रारम्भिक चरणको भएको भन्दै यसलाई आगामी दिनमा टोलटोलसम्म लैजाने बताए । उनले हरेक रोगहरु दुसित पानीको कारण लाग्ने गरेको पाईएकोले पानी शुद्धिकरणगरेर खाने वानीको विकास गरि रोग लाग्न बाट बच्न सवैलाई आग्रह गरे ।
शिविरमा विशेषज्ञ डाक्टर, शिक्षण अस्पतालका एमििवविएस अध्ययनरत स्वास्थ्यकर्मी र नगरका स्वास्थ्यकर्मीहरु सहित नगर उपप्रमुख सिता थापा र वडाअध्यक्ष अमृत दंगालको उपस्थितिमा वडावासी नागरिकको स्वास्थ्य परिक्षण भएको हो । निशुल्क स्वास्थ्य शिविरमा २ सय १९ जना सहभागि भएका छन् । उनिहरुमध्ये मधुमेह हुने १०, उच्चरक्तचाप भएका १४ देखिएको छ । एक जना क्षय रोगको संकास्पद बिरामी भेटिएको छ ।
यसैगरी ८ जना गर्भवतीको भिडियो एक्सरे , ५ वर्षमुनिका बालबालीकाको तौल र पाखुराको नाप लिएको थियो । स्वास्थ्य परिक्षणकै क्रममा आँखामा समस्या भएका ७९ जनाको जाँच गरिएकोे थियो । उनिहरुमध्ये १० जनालाई मोतिबिन्दु भएको पाइएको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए । यहि चैत १४ , १५ र १६ गते सामुदाथिक आँखा केन्द्र र नेपाल आँखा अस्पतालको चिकित्सकको सहभागितामा शिविरको आयोजना गरिएको र उक्त शिविरमा मोतिबिन्दुको शल्यक्रिया गर्ने पुरीले जानकारी दिए ।
यस्तै सोमबार वडा नंं १० जल्केनी स्वास्थ्य चौकी र वडा नं ७ मेलचौर सहरी स्वास्थ्यकेन्द्र मालिकादेबी केन्द्रको समन्वयमा विशेषज्ञहरुको उपस्थितिमा स्वास्थ्य परिक्षण हुनेभएको छ । सो स्थानहरुमा पाएक पर्नेहरुलाई स्वास्थ्या परिक्षण गराउन नगरपालिले सम्बन्धित सबैमा अनुरोध गरेको स्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए ।