सिन्धुमा स्ववियु निर्वाचनको नतिजा, ४ क्रान्तिकारी, ३ नेविसंघ, ३ अनेरास्ववियु
चैत्र ५, चौतारा सिन्धुपाल्चोक) । आईतबार भएको स्ववियु निर्वाचनमा सिन्धुपाल्चोका १० क्याम्पसको मत परिणाम प्राप्त भएको छ ।
१२ क्याम्पस रहेको सिन्धुपाल्चोकमा २ क्याम्पसको भने विद्यार्थी संख्या कम भएको भन्दै स्ववियु निर्वाचन हुन सकेन । प्राप्त परिणाम अनुसार स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी ४, नेविसंघ ३ र अनेरास्ववियु ३ स्थानमा विजयी भएका छन् । कतै एक्लाएक्लै त कतै प्यानल बनाएर चुनाव लडेका मुख्य दलका संगठनहरुमध्ये अखिल क्रान्तिकारी सिन्धुपाल्चोकमा सबभन्दा ठूलो संगठनको रुपमा स्थापित भएको छ । अघिल्ला स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा फितलो देखियो अखिल क्रान्तिकारी दुई ठूला संगठनको संयुक्त प्यानलका बाबजुत अब्बल देखिएको हो ।
चौतारा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट अमृत श्रेष्ठ र ककलिङ क्याम्पस ठूलोपाखरमा अखिल क्रान्तिकारीका लक्ष्मण घिसिङ सर्वसम्मत सभापतिमा चुनिएका छन् । त्यस्तै निर्वाचन प्रक्रियाबाट जुगल बहुमुखी क्याम्पसबाट अखिल क्रान्तिकारीका सुदर्शन अर्याल र जलवीरे भ्याली क्याम्पसबाट अखिल क्रान्तिकारीकै अच्युत अधिकारी निर्वाचित भएका हुन् ।
यस्तै नेविसंघबाट ठोकर्पा सामुदायिक क्याम्पसमा सरस्वती जिसी र सिन्धु भ्याली क्याम्पसब भोटेचौरबाट सुरज चौँलागाइँ सर्वसम्मत चुनिएका छन भने अरनिको कलेज बाह्रबिसेमा नेविसंघका सन्दिप बस्नेत निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् ।
यस्तै अनेरास्ववियुबाट सुनकोसी क्याम्पस लामोसाँघुबाट हीरा थामी सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन भने मेलम्ची भ्याली क्याम्पस ग्याल्थुमबाट पवनकुमार लामिछाने निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । उता इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीमा भने अनेरास्ववियुका किसन दुलाल र नेविसंघका सरोज बस्नेत दुबैले १०८ बराबर मत ल्याएका छन् । पुनः मत गणना हुँदा अनेरास्ववियुले जित हाँसिल गरेकाे हाे ।
यसैगरी अभयानन्द क्याम्पस ऐँसेलुखर्क र पाँचपोखरी क्याम्पस सिपापोखरमा विद्यार्थी कम भएर चुनावी प्रक्रिया भएन ।