जुगल बहुमुखी क्याम्पस साँगाचोकमा अखिल क्रान्तीकारीको प्यानल विजयी

चैत्र ५, साँगाचोक (सिन्धुपाल्चोक) । जुगल बहुमुखी क्याम्पस साँगाचोकमा अखिल क्रान्तीकारीको प्यानल विजयी भएको छ ।

आज भएको स्ववियु निर्वाचनमा जुगल बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल नै अखिल क्रान्तीकारीसंग पराजित भएको हो ।

सभापतिका उम्मेदवार अखि क्रान्तीकारीका सुर्दशन अर्यालले ८८ मत ल्याउँदा ल्याउँदा संयुक्त प्यानलका उम्मेदवार नविन गिरी ले ६३ मत प्राप्त गरेका छन् । सचिवमा अखिल क्रान्तीकारीका मन्जु नेपालले ९३ मत ल्याउँदा उनका प्रतिश्पर्धी अस्मिता बोहाराले ५६ मत मात्र ल्याएकी हुन् ।

त्यस्तै अखिल क्रान्तिकारीका कोषाध्यक्ष मनिला लामाले ८२ मत ल्याउँदा संयुक्त प्यानलका रवि श्रेष्ठले ६३ मत ल्याएका थिए ।

यसैगरी अखिल क्रान्तिकारीबाट सदस्यहरुमा सुस्मिता तामाङ, अनिश गिरी र कुसुम तामाङ निर्वाचन भएका छन् ।

सुरुमा अनेरास्ववियुसंग तालमेल गरेर निर्वाचन जाने सहमति भएपनि सभापतिको लागि अनेरास्ववियुले दावी नछोडेपछि संयुक्त प्यानलका विरुद्व अखिल क्रान्तिकारी एक्लै मैदानमा भिडेको हो ।