सिन्धुपाल्चोकका १ सय ८५ जना राष्ट्रिय शहीद घाेषित

निर्मल बस्नेत ( २०७९ चैत्र ४) नेपाल सरकारले २०५२ सालबाट तत्कालीन नेकपा माओबादी केन्द्रले सञ्चालन गरेकाे १० बर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सिन्धुपाल्चोक १ सय ८५ जना शहीदहरुलाई राष्ट्रिय सहिद घोषणा गरेको छ ।

नेपाल सरकार मन्त्री परिषदले गरेकाे निर्णयमा सिन्धुपाल्चोक जिल्लाकाे १ सय ८५ जना शहीदहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको हो । जिल्लामा २०५३ साल देखि २०६३ बैशाखसम्म सहादत प्राप्त गरेकाहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित गरेकाे शहीदहरुलाई २०६५ र २०६७ सालमा शहीदकाे मान्यता दिएकाे उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतामा गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर शहीदहरुको अभिलेख माग गरेको थियो ।

७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा सरकारले सहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरेको हो । ७७ जिल्लाका ८हजार ३ सय ७१ जनाले राष्ट्रिय शहीदको मान्यता पाएका छन् ।
यस्ताे छ सिन्धुपाल्चाेकबाट सहिद घाेषित भएकाहरूकाे नामवली