सेतीदेवी माध्यामिक विद्यालयको ६२ औ बार्षिक उत्सव सम्पन्न

दिनेश दुलाल
चैत्र २, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरूवारी अन्तर्गत सेतीदेवी माध्यामिक विद्यालयको ६२ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिकोत्सब कार्यक्रमलाई सम्बाेधन गर्दै भाैतिक पूर्वधार विकासान्त्री युवराज दुलाल

वार्षिक उत्सव कार्यक्रमको भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले उदघाटन गरेका हुन् । उदघाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले सेतीदेवी मावि विद्यालयको शैक्षिक प्रगति सन्तोषजनक रहेको भन्दै प्रसन्नता व्यक्त गरे । प्रदेश सरकारले यसअघि त्यस विद्यालयलाई सहयोग गरेको बताउँदै शैक्षिक सुधारको लागि आफूले थप सहयोग गर्ने प्रतिवद्वता जनाए । सिन्धुपाल्चोकमा शिक्षा क्षेत्रको लागि लगानी गर्न छलफल भईरहेको समेत उनले जानकारी दिए ।

आफ्नै पहलमा ठूलोसिरुवारी सडक स्तर उन्नतीको लागि १३ करोडको ठेक्का प्रक्रियामा रहेको बताउँदै मन्त्री दुलालले प्रदेश र जिल्लाको लागि यो समय स्वर्णिम कार्यकाल भएको ठोकुवा गरे । सिन्धुपाल्चोकमा विकास कस्तो हुनपर्छ भन्ने देख्ने गरि काम थालिने बताउँदै उनले जिल्लालाई मोडेलको रूपमा विकास गर्ने उदघोष गरे ।

। वार्षिक उत्सव कार्यक्रमको अवसरमा विशेष अतिथि १३ नम्बर वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक राप्रसाद गौतमले नगरले शिक्षा क्षेत्रलाई विशेष प्राथमिक राखेर काम गरेको बताए ।

कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक अध्यक्ष स्व.पदमबहादुर पुरीको अर्धकदको शालिक समेत अनावरण गरिएको थियो ।
त्यस्तै विद्यालयलाई आर्थिक सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा विद्यालयका पूर्व प्रध्यानध्यापक शिवबहादुर केसीले अक्षयकोष पाँचलाख पुर्याउने उदघोष गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद दाहालको सभापतित्वमा भएको विद्यालयको वार्षिक उत्सव कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रध्यानध्यापक रमेश गौतमले गरेका थिए । प्रतिवेदन प्रस्तुतका क्रममा उनले गुणस्तरीय शिक्षा र सिकाई उपलब्धीलाई विद्यालयको क्रमशः सुधारको क्रममा रहेको बताए । कार्यक्रममा विद्यालयका बालबालिकाहरुले मनोरञ्जानत्मक साँस्कृतिक प्रस्तुती दिएका थिए ।