जुगलको बोर्डिङको ३३ औँ वार्षिकोत्सव अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान
निर्मल बस्नेत
(२०७९ फागुन २९), चौतारा । सिन्धुपाल्चोक जिल्लाको निजी बिद्यालयहरु मध्ये पुरानो विद्यालय जुगल बोर्डिङ हाईस्कुल चौताराको ३३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा शिक्षाबिद्, साहित्यकार र पूर्व बिद्यार्थीहरुलाई बिद्यालयले सम्मान गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थीत चौतारा बजारको सडक छेउमा रहेको बोर्डिङ स्कुलको वार्षिकोत्सव समारोह प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस विद्यालयका भूपू विद्याथी समेत रहेका सांसद सापकोटाले ३३ औं वार्षिकोत्सव कार्यक्रमको उदघाटन गरेका थिए ।
उदघाटन पछिको मनत्वयलाई सम्बोधन गर्दै सापकोटाले आफूले वाल्यकालमा अध्ययन गरेको विद्यालय भएकोले विद्यालयको स्थापनाको सुरुवात गर्ने जयन्द्र श्रेष्ठ र स्व.ईश्वरीमान श्रेष्ठको चर्चा गरेका थिए । आफू त्यसै विद्यालयमा अध्ययन गरेको हुनाले सहजै अंग्रेजीको जग बसेको बताए । उनले आफू जस्तै विद्यार्थीहरुलाई पनि जिग्यासु र उत्सुक भएर पढ्नमा जोड दिए । विद्यालयले सांसद सापकोटालाई उनको योगदानको चर्चा गर्दै सम्मान पनि गरेको छ । विद्यालयको प्रगती र उन्नतीको कामना गर्दै चौतारा बहुमुखी क्याम्पसका प्राध्यापक यज्ञप्रसाद दंगाल र पूर्व वडाध्यक्ष नरमान श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई जुगलले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जुगल शिक्षा सम्मानवाट पूर्ण गौतम, जुगल साहित्य सम्मानवाट चन्द्रप्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो । गौतमले सिन्धुपाल्चोक जिल्लाको विकट ठाउँ हेलम्वुमा रहेको मेलम्ची घ्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक रहेर उत्कृष्ठ विद्यार्थीहरु उत्पादन गर्दै आईरहेका छन् । त्यस्तै कवि न्यौपाने महाकाव्यकार र दर्जनौ साहित्यीक कृतिहरु प्रकासनमा ल्याई ख्याती कमाएका व्यक्ति हुन् ।
त्यस्तै ओलम्पीक गेमका स्वर्ण पदक जिबेता राष्ट्रिय खेलाडी दिपक विष्ट र सुमधुर स्वरका धनी ख्यातीप्रात्त गायक रामकृष्ण ढकाललाई पनि सम्मान गरेको छ ।
त्यसै बिद्यालयवाट २०५३ देखी २०६० सालसम्म एसएलसी उत्तिर्ण गरि विभिन्न निकायमा योगदान गरेका पूर्व विद्यार्थीहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको छ । यसरी सम्मानित हुनेहरुमा प्रधानमन्त्रीको प्रेस बिज्ञ बिष्णु सापकोटा, शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत गणेश पुरी, प्रहरी निरीक्षक जनक पुरी, गोकर्नेश्वर नगरपालिकामा कार्यरत अधिकृत नारायण पुरी, वन डिभिजन सिन्धुपाल्चोकका सहायक बन अधिकृत भक्तराम श्रेष्ठ, ग्वोवल आईएमई बैंक चौतारा शाखा प्रवन्धक नविन श्रेष्ठ, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका ईन्जीनियर युवराज घले, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र बहादुर तामाङ, इर्खु माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश दंगाल, जिल्ला अदालत सिन्धुपाल्चोकका कम्प्युटर अपरेटर सन्तोष राना, जनहित ग्रामीण सेवा समितिका लेखा अधिकृत राकेश राना, लेखापढी व्यवसायी निर्माण श्रेष्ठ, व्यवसायी सचिन श्रेष्ठ, प्रदिपराज घले, बिकाश लामा, राजन श्रेष्ठ र निमेश श्रेष्ठ रहेका छन् ।
बार्षिकोत्सवको अवसरमा अन्तर माविस्तरीय भलिवल प्रतियोगिता र अन्य अतिरिक्त प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रिन्सीपल ओमप्रकाश उप्रेतीले जानकारी दिए । कार्यक्रमका विच जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७९ मा बिद्यालयवाट सहभागिता जनाई पदक बिजेता गर्ने खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गायक रामकृष्ण ढकाल र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुतीले मनोरञ्जन भरिएको थियो । साथै कार्यक्रममा आमन्त्रीत सम्पूर्ण अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष आरबी कटुवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघोषण शिक्षिका रश्मीला खत्रीले गरेकी थिईन् । कार्यक्रम सूरुवाती चरणदेखी अन्त्य सम्म प्रतिकुल मौषमका बावजुद पनि आमन्त्रीतहरु र उपस्थित सम्पूर्णले साथ दिई भव्य रुपमा सम्पन्न भएको विद्यालयका प्रिन्सीपल ओमप्रकाश उप्रेतीले खुसी व्यक्त गरे ।