चौसागढी नगरपालिकाद्वारा मानसिक रोग भएकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण
फागुन २९, चौतारा । चौतारा साँगाचोक गढी नगरपालिकाले नगरभित्र बसोबास गर्ने मानसिक रोग भएकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
मानसिक रोग भएकाहरुलाई लक्षित गर्दै नगरको सभाहलमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको हो । सो स्वास्थ्य परिक्षणमा ८६ जनाको सहभागीता रहेको नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए । उनका अनुसार शिविरमा महिला ४९ जना र पुरुष ३७ जनाले सेवा लिएका छन् । ८४ जनालाई निशुल्क औषधि र बाकी २ जनालाई परामर्श दिएको छ । मानसिक रोग भएकाहरुलाई मानसिक रोग विशेषज्ञ डा. बासु देव कार्कीले स्वास्थ्य जाँच गरेका थिए ।
परिक्षण गर्न पुगेकाहरुमा सबैभन्दा बढी २६ जनालाई चिन्ताजन्य रोग, १४ जना मनोरोग ,१४ काम्ने रोग र ५ जनालाई डिप्रेसन भएको पाइएको स्वास्थ्य शाखा प्रमुख पुरीले जानकारी दिए । मानसिक स्वास्थ्य समस्या भएका तर उपचारका लागी समस्यामा परेकालाई घरमानै गएर परामर्श दिने र औषधि वितरण गर्नेे उनले बताए ।