अखिल क्रान्तिकारीले ग¥यो नवआगन्तुकको स्वागत

निर्मल बस्नेत
(१७ फागुन २०७९) अखिल(क्रान्तिकारी) चौतारा बहुमुखी क्याम्पस इकाई समितिले नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रथम बर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई खादा र अविरद्धारा स्वागत गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का वाग्मती प्रदेश सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका इन्चार्ज उजारसिं तामाङ(समर) को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै जुनसुकै क्षेत्रमा प्रबेश गर्दा ज्ञान, सीप र क्षमता आवश्यक पर्ने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे । तामाङले किताबी कुरा मात्र पढेको भरमा सवै कुरा सम्भव नहुने भन्दै समाज र देशको बारेमा बुझ्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रमा पार्टी बाग्मती प्रदेश सल्लाहकार नरमान श्रेष्ठले बिगतको बिद्यार्थी आन्दोलन र हालको बुझाईमा फरक भएर प्राप्त उपलब्धीहरुको रक्षाको बारेमा चिन्तन गर्न पर्नेमा जोड दिएका थिए ।

त्यस्तै अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मिलन लामाले आम बिद्यार्थीहरुको सवालमा संगठन अग्रभागमा रहेर परिवर्तनको नेतृत्व गर्दै आईरहेको बताएका छन् । लामाले बिद्याथीहरु रचनात्मक र सिर्जनात्क हुनुपर्छ भन्दै थप सफलताको कामना गरेका थिए ।

कार्यक्रमा जिल्ला उपाध्यक्ष प्रविण चौलागाई, जिल्ला सचिव सुवास गौतम, जिल्ला सदस्य रविन सापकोटा, नगर अध्यक्ष अमृत श्रेष्ठले स्वागत तथा सुभकामना मन्तव्य राखेका थिए ।
इकाई समितिको सचिव रस्मीला खत्रीको उद्घोषण र अध्यक्ष रोशन भूजेलको सभापतित्वमा भएको कार्यक्रममा गीत, नृत्य र साहित्य वाचनले मनोरञ्जनात्क रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।