
चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे प्रथम उपाधि सेतीदेवी शारदा मावीलाई

दिनेश दुलाल
फागुन १, लामाेसाँघु (सिन्धुपाल्चोक ) । सुनकाेशी गाउँपालिका चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे प्रथम उपाधि सेतीदेवी शारदा माध्यमिक विद्यालय लामाेसांघुले प्राप्त गरेकाे छ ।
सुनकोसी गाउँ पालिकाको आयोजनामा बसन्तपुर खेलमैदानमा शुक्रबारबाट सुरु भएको चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अाज सम्पन्न भएको हाे ।
प्रतियोगितामा १७ स्वर्ण सहित सेतिदेवि शारदा मावि प्रथम भएको छ। त्यस्तै ११ स्वर्ण सहित महेन्द्रदोय मावि पाटीडाँडा दोस्रो र ४ स्वर्ण सहित बाघभैरव मावि तेस्रो भएको छ । त्यस्तै जाल्पा माविले २, ठाेकर्पा माविले २, महेन्द्र कान्तीले २ र गणेश माविले १ स्वर्ण हात पारेका छन । काेल्दुम माविले अन्य पदक जितेपनि स्वर्ण पदक भने एउटा पनि हात पार्न सकेन । प्रतियोगितामा गाउँपालिका भित्रका ११ विधालयको सहभागिता रहेको थियोे । महिला पूरूष भलिबल लगाएत महत्त्वपूर्ण खेलहरूमा भने महेन्द्रदाेयले प्रथम स्थान हाँसिल गर्न सफल भएकाे थियाे ।
बसन्तपुर खेलमैदानमा भएकाे समापन कार्यक्रमम गाउँ पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेर विजेता बनेका विद्यालयहरूलाइ ट्रफि, मेडल र सम्मानपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण पछिकाे संक्षिप्त कार्यक्रमलाई सम्वाेधन गर्दै पालिका अध्यक्ष तिमिल्सिनाले खेलकुद क्षेत्रलाइ गाउँपालिकाले विशेष प्राथमिकता राखेर लगानी गर्ने बताए । गाउँपालिका भित्रका विद्यालयहरूमा समेत खेलकुदका सामाग्री पूर्णता गरिने वचन दिंदै अागमी वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगितालाई भव्य तयारीका साथ गरिने समेत उदघाेष गरे ।
कार्यक्रममा उपाध्यक्ष कान्छि लामा, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल,वडा अध्यक्षहरु लगाएत समापन तथा पुरस्कार वितरण कार्यक्रममा सहभागी भएका थिए ।
यसैबिच समापनकाे अन्तिम चरणमा पुग्दा कार्यक्रम स्थलमा असामान्य अवस्था सिर्जना भएकाे थियाे । खेलमा भएकाे हारजितकाे विषयलाई लिएर विद्यार्थी विद्यार्थी बीच विवाद हुँदा भागदाैड समेत मच्चिएकाे थियाे । नजिक रहेकाे सशस्त्र प्रहरी तथा नेपाल प्रहरीकाे सहयाेगले स्थितिलाई सामान्य अवस्थामा ल्याउन सकिएकाे थियाे । घटनाकाे बारेमा सत्यतथ्य छानबिन गरिने पालिका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले बताए ।