
भोटेकोशी गाउँपालिका पाचौ राष्ट्रपति रनिङिसिल्डको उपाधि झिर्पु माविलाई

माघ २८, हिन्दी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका पालिका स्तरीय पाचौ राष्ट्रपति रनिङि सिल्डको उपाधि झिर्पु माविले हात पारेको छ ।
तीन दिन चलेको प्रतियोगितामा ११ वटा स्वर्ण पदक जम्मा गर्दै झिर्पु माविले प्रथम उपाधि हात पारेको हो । झिर्पुले सहभागी मध्ये सबैभन्दा बढी स्वर्ण पदक बटुल्न सफल भएको छ ।
त्यसैगरी कोदारी मावि तातोपानी उपविजेता बन्न सफल भएको छ । कोदारीले नौ स्वर्ण जितेको थियो । त्यसैगरी सात स्वर्ण जित्दै भिमसेन माविले तेस्रो स्थान हात पारेको छ ।
बुधबार देखि शुक्रबार चलेको प्रतियोगितामा भोटेकोशी भित्रका ६ विद्यालयले भाग लिएका थिए । गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पाले विजयी विद्यालय तथा विद्यार्थी खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
स्मरण रहोस झिर्पू माध्यामिक विद्यालय नयाँ व्यवस्थापन समितिको नेतृत्वमा पालिका स्तरीय खेलकुदमा मात्रा होइन व्यवस्थापन र गुणस्तरमा समेत सिन्धुपाल्चोक जिल्ला कै उत्कृष्ट बन्ने बाटोमा रहेको त्याहाँका स्थानीयले बताएका छन् ।