
सिक्रेका ६० घरधुरी सबै सुकुम्बासी ! कसैको नाममा एक टुक्रा जमिन समेत छैन्

दिनेश दुलाल
माघ २६, अत्तरपुर (सिन्धुपाल्चोक) । अझैपनि ग्रामिण भेगका जनता सुकुम्बासी छन भन्दा जो कोहीलाई पत्यार नलाग्ला । तर सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका–४ सिक्रेका ६० घरधुरी जनता सुकुम्बासी छन् ।
झण्डै २ हजार रोपनी क्षेत्रफल रहेको साविक अत्तरपुर गाविस वडा नम्बर ८ सिक्रेका बासीन्दा अहिले सम्म जग्गाको मालिक हुनबाट बन्चित भएका छन् । भूमिसुधार लागु भएर २०३८ सालमा नापी आएपनि सिक्रेमा जग्गा नाप नक्साङकन नभएको स्थानीय समाजसेवी तथा व्यवसायी शशिनाथ शाक्य बताउँछन् । सिक्रेमा के कारणले नापी भएको भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उनको भनाई छ ।
सयौं वर्ष देखि खेतीपाति तथा बसोबास गर्दै आएका सिक्रे बासीले धेरै पटक जिल्ला प्रशासन कार्यालय, मालपोत तथा नापी कार्यालय सिन्धुपाल्चोक हुँदै मन्त्रालय सम्म पुगेर अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको सोहीका स्थानीय जनक शाक्य बताउँछन् । अधिकांश नेवार समुदाय रहेको सिक्रेमा राजनैतिक दलका ठूला नेता देखि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटालाई समेत गुहारेको शशिनाथको भनाई छ । ‘हामीले कसैलाई भन्न राखेका छैनौं, म पहल गर्छु भनेर आउँछन् तर कुरा त्यतिकै हराउँछ’, शाक्यले सिन्धुज्वासंग भने । उनका अनुसार लिसंखुपाखरका निवर्तमान पालिका अध्यक्ष कमल नेपाल तथा पूर्व बन तथा पर्यटन मन्त्री अरुण नेपालले समेत मन्त्रालयमा पहल गरेर जग्गाधनी पूर्जा बनाईदिने बचन दिएका थिए । तर कानुनी जटिलताको कारणले उनीहरुको पहल समेत सिथिल भयो ।
शाक्यका अनुसार नेपाल सरकारले सिक्रेका स्थानीयको नाममा जग्गाधनी पूर्जा दिलाउन क्याबिनेटको पूर्ण बैठकले निर्णय गर्नुपर्ने हुन्छ । देशभरी नै यो नियम लागुपर्ने भएकोले सिक्रेका जनताको लागि मात्र सम्भव नदेखेर यो विषयले प्राथिमिकता नपाएको हुन सक्ने शाक्यको ठम्याई छ ।
तर स्थानीय भने जग्गाधनी पूर्जा नपाउँदा निकै चिन्तित छन् । पुर्खा देखि त्यहि बस्तै आएपनि आफूहरु अन्य मुलुकको नागरिक जस्तो भान भएको एक स्थानीयले सिन्धुज्वालासंग दुःखेसो पोखे । जग्गाधनी पूर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर घर बनाउन तथा अन्य व्यवसायीको लागि ऋण पाउन नसकिएको उनीहरुको भनाई छ । २०७२ सालको बिनासकारी भूकम्पमा पूर्जा नभएपनि स्थानीय सरकारले घर बनाउन अनुमति दिएको वडा नम्बर ४ का वडाअध्यक्ष भक्तबहादुर शाक्य बताउँछन् । उनका अनुसार त्याहाँका जनता जग्गा धनी पूर्जा बिहिन भएपनि विकास निर्माण भने सन्तोषजनक रहेको छ ।
त्याहाँका जनता किसानी पेशा अलवा, धसिङगरे प्रशोधन उद्योग, वायो बिक्रेट र अलैंची व्यवसायमा गर्दै आएका छन् । अलैंची व्यवसाय सिंदुरे रोगका कारण नष्ट भएसंगै केहीले किबी व्यवसाय थालेको शशिनाथ बताउँछन् । मुडेको आलु सरह उत्पादन हुने मलिलो र समथर जग्गा भएपनि जग्गाधनी पूर्जा नभएर ऋुण नपाएपछि अधिकांश जनता छिर्न क्रम बढेको स्थानीय बताउँछन् ।
सिक्रेका स्थानीयलाई जग्गाधनी पूर्जा दिलाउन निकै झन्झटिलो र कानुनी जटिलाता भएपनि आफू जनताको पक्षमा पैरवी गरिरहेको गाउँपालिका अध्यक्ष राजु लामाको भनाई छ ।