११ नम्बर वडाले ग¥यो २१ वटा महत्वपूर्ण निर्णय
माघ २५, साँगाचोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ वडाले २१ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
माघ २३ गते बसेको वडा कार्यालयको प्रथम वडा भेलाले गाउँका समस्या पहिचान र समाधानका उपाय खोजी एबं दायित्व ग्रहण कार्यक्रमबाट २१ बुंदे निर्णय भएको वडा अध्यक्ष रोशन गिरीले जानकारी दिए । उनका अनुसार वडाले २१ वटा महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार पहिलो नम्बरमा वडाले सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने निर्णय गरेको छ । त्यस्तै झरेका पात र परेको पानीको संकलन गरि “जल र मल“ को प्रबन्ध गर्ने, सूर्य अस्तहुनु पूर्व मदिरा बिक्री बन्द गर्ने र बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री नगर्ने, बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।
वडाले गरेका यस्ता छन् निर्णय ः
१ ) सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने ।
२) झरेका पात र परेको पानी को संकलन गरि “जल र मल“ को प्रबन्ध गर्ने।
३)सूर्य अस्तहुनु पूर्ब मदिरा बिक्री बन्द गर्ने र बालबालिका लाई सुर्ती जन्य पदार्थ बिक्री नगर्ने।
४)बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने ।
५)हिउँदका हरेक महिना कम्तीमा एक दिन २ घन्टा अनिवार्य श्रमदान गर्ने ६)महिना मा एक दिन हरेक टोल बस्तीले आफ्नो अनुकुलतामा टोल बस्ती सफाई कार्य गर्ने।
७)सिम्ले बन्देउका होटल सहितका अन्य टोल बस्तीमा सालका दाउरा बाल्न निषेध गर्ने ।
८)प्रेशर हर्न निषेध गर्ने।
९)महिला हिंसा रहित समाज निर्माण गर्ने।
१०)वडा बिकास समिति र सामाजिक अनुगमन समिति गठन गर्ने।
११)खेतबारी का अनावश्यक रुख हटाउने र बाँझो खेतवारि नराख्ने राख्न नदिने ।१२)खुखुरा खसी होइन तयारी मासु सहर पठाउने प्रयास गर्ने।
१३)बन्द भएको पशुपति दुग्ध सहकारी संचालन गर्ने।
१४)काभ्रेमा निर्माणाधिन कोल्ड स्टोर यसै बर्ष निमाण सम्पन्न गरि संचालन गर्ने।१५)वडा बासी युवाहरूलाई उपत्यका आसपास शहरमा मासु र तरकारी पसल खोल्न आव्हान र सापटी कार्यक्रम मार्फत प्रोत्साहन गर्ने।
१६) बिद्यालय शिक्षा सुधारमा सम्पुर्ण शक्ति केन्द्रिकृत गरि २०७९असार मा भएको बिद्यालय समायोजनको निर्णय कार्यान्वयन गर्ने।
१७) बँदेल र बाँदर नियन्त्रण गर्न प्रत्येक घरधुरी ले अनिवार्य सहभागी हुने र बन जंगलमा फलफूल का बिरुवा रोप्नेकार्य अभियान को रूपमा अघिबढाउने।
१८) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने असक्त बृद्ध बृदाको संरक्षक भै बैक बाट रकम बुझी लिने ले लाभग्राहीलाई नदिएको या पूरा नदिएको भनी गुनासो आएमा निज संरक्षणलाई सामाजिक कारबाही गर्ने।
१९) रक्सी खान छोडने र शहर छोडी गाउँ फिर्ता हुने परिवारलाई सम्मान र प्रोत्साहन गर्ने।
२०)कृषि उत्पादन वृद्धि र बजारिकरण गर्न गाउँमा उत्पादन र शहरमा बिक्री ब्यबसाय गर्ने लाई ब्यबसायिक सापटी उपलब्ध गराउने। साथै सडक किनारमा अस्थायी बिक्रि केन्द्र तयार गर्ने ।
२१) सडक स्तरोन्नति गर्दा सके सम्म टेवा पर्खाल लगाउन नपर्ने गरि गर्ने। पर्खाल लगाउनै पर्ने अबस्थामा अर्को तर्फ सडक च्यापी बनाउने तर अर्को तर्फ पनि सडक सिमा निर्धारण गरि सडक क्षेत्र कायम ÷ संरक्षण गर्ने ।