´जनताकाे विकास माटाे र पानी सरह भएकाे छ`- भाैतिक पूर्वधार विकासमन्त्री दुलाल

दिनेश दुलाल
माघ १९,चाैतारा । बागमती प्रदेशका भा‌ैतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जनताकाे गाँस काटेर उठाईएकाे करबाट गरिने प्रत्येक विकास माटाे र पानीमा मिसिएकाे जस्ताे भएकाे बताएका छन् । सिद्धिगणेश माध्यमिक विद्यालय सानाेसिरूवारीकाेकाे ६१ अाै वार्षिकाेत्सव, अभिभावक भेला तथा भू.पू विद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बाेधन गर्न सानाेसिरूवारी पुगेका मन्त्री दुलालकाे उक्त भनाई अाएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री दुलालले सडक, सार्वजनिक भवन लगाएत पर्वाधारहरूमा गरिएकाे लगानी खेर गईरहेकाे बताउँदै अाफूले दिगाे विकासकाे अवधारणा ल्याएकाे ठाेकुवा गरे । अाफू भाैतिक विकासमन्त्री भएसंगै सबै सडकहरूकाे स्तर उन्नती तत्काल गर्ने समेत बचनवद्दता गरे ।
वार्षिक उत्सव कार्यक्रमलाई मन्त्री दुलालले मिहिनेतपूर्वक लागियाे भने सफलतापूर्वक परिणाम अाउँदाे रहेछ भन्ने कुरा सिद्दगणेश लगाएत विद्यालयले प्राप्त गरेकाे बताए । त्यसकाे लागि संकल्प लिन जरूरी अावश्यक रहेकाे बताउँदै मन्त्री दुलालले अरूसंग भएकाे सीप नक्कल गर्नुभन्दा अाफूसंग भएकाे क्षमता र प्रतिभा र रुचि पत्ता लगाएर लगानी गर्न अभिभावक तथा शिक्षकलाई अाग्रह गरे ।

अाफू सामाजिक विकास मन्त्री हुँदा बागमति प्रदेशका २० वटा विद्यालय छनाैट गरेकाे स्मरण सुनाउँदै उनले विद्यालय नर्श कार्यक्रम, विद्यालय बस कार्यक्रम प्रभावकारी रहेकाे दावी गरे । त्यस्तै बागमति प्रदेश सरकारले अब २ सय नर्स थप्ने याेजना रहेकाे उनकाे भनाई छ । यस अघि बागमति भित्र ५ सय नर्स कायम भईसकेका छन् ।

अर्काे एक प्रश्नमा विद्यालयकाे गुणस्तरकाे अावश्यकता अाैल्याउँदै मन्त्री दुलालले अभिभावकसंग प्रतिप्रश्न गर्दै भने, ´सिद्दिगणेशलाई देशकै सबैभन्दा अब्बल बनाउन सक्छाै भन्न किन नसक्ने ?
पछिल्लाेपटक विद्यालयका वार्षिक कार्यक्रम सुधारात्मक हुँदै गएकाे बताउँदै मन्त्री दुलालले अझ सिर्जनात्मक बनाउन अाग्रह गरे ।

त्यस्तै कार्यक्रममा एसियाली विकास बैंक परामर्श दाता डा. रामप्रसाद घिमिरेले विज्ञान र प्रविधिकाे बदलिदाे अवस्थामा विद्यालयका बालबालिकाहरूलाई प्रविधिमैत्री बनाउनु पर्ने धारणाा राखे । विद्यालयकाे वार्षिक उत्सव कार्यक्रमलाई विभित्र व्यिक्तत्वहरूले शुभकामना मनतब्य राखेका थिए ।

यसैगरी विद्यालयले वार्षिकोत्सब कार्यक्रमकाे अवसरमा साे विद्यालयमा अध्यायन गरेर उच्च अाेहदा तथा सरकारकाे विभिन्न निकायहरूमा पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूमा साेही विद्यालयका पूर्व विद्यार्थी बागमति प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, उर्जा तथा एशियाली विकास बैंक परामर्श दाता डा. रामप्रसाद धिताल, शसस्त्र प्रहरी बल प्रहरी नायब उपरीक्षक श्याम बाबू घिमिरे र चार्टर एकाउन्ट राजेश नेपाल लगाएत विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएकाे हाे ।

बालबालिकाहरूकाे विज्ञान प्रयाेगशाला प्रदर्सन तथा साँस्कृतिक प्रस्तुती सहितकाे वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक राजकुमार यादवले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै प्रअ यादवले विद्यालयकाे अाैषत सिकाई उपलब्धि २.९१ GPA अाएकाे बताए । उनका अनुसार गत एसईई परिक्षामा २८ विद्यार्थी सहभागी भएकाेमा सबैजनाले १.६ ग्रेड ल्याउन सफल भएका थिए । त्यस्तै १२ कक्षामा ९ मध्य ६ जनाले कम्तिमा १.६ ग्रेड भन्दा बढी अंक ल्याउन सफल भएकाे उनले जानकारी दिए ।
स्मरण रहाेस उक्त विद्यालय शैक्षिक गुणस्तरीय हिसाबले नगर भरिकै उत्कट देखिएकाे छ ।