माघ २० गते प्रचण्ड जुगलकाे चनाैटे आउने

निर्मल बस्नेत
माघ १७, चनाैटे (सिन्धुपाल्चाेक) । नेपाल सरकारका प्रधानमन्त्री एवं नेकपा (माआेवादी केन्द्र ) का अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड माघ २० गते जुगल गाउँपालिका आउने भएका छन् । उनी जुगल गाउपालिकामा पहिलाेपटक श्री रत्न राज्य माध्यमिक बिद्यालयकाे ५९ आैँ बार्षिकाेत्सव कार्यक्रममा सम्वाेधन गर्नका लागि आउन लागेका हुन् ।
प्रधानमन्त्री दाहालले साेहि दिन चिन सरकारकाे सहयाेगमा निर्मित आवसीय सुबिधा सम्पन्न बिद्यालय भवनकाे उद्घाटनसमेत गर्ने कार्यक्रम रहेकाे छ ।

उक्त कार्यक्रमकाे व्यवस्थापनकाे बिषयमा मंगलबार प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवाेध, बाग्मती प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेलले जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वाे, बिद्यालय व्यवस्थापन समिति र बिद्यालयकाे शिक्षकहरुसंग छलफल गरेका छन् ।

प्रतिनिधि सभा सदस्य माधब सापकोटाले चिनियाँ राजदुतसंग नेपालका प्रधानमन्त्री र संसदहरुबिच छलफल गरि चनाैटेलाई शिक्षाको हप बनाउने याेजना रहेकाे बताए । संगै अन्य शैक्षिक सुधारका कार्यक्रम पनि क्रमिक रूपमा गर्दै जाने बताए ।
कार्यक्रम ब्यवस्थापनकाे बिषयमा बिद्यालयले गर्ने व्यवस्थापन अन्तिम चरणमा पुगेकाे बिव्यस अध्यक्ष रामचन्द्र मगरले जानकारी गराए ।

कार्यक्रममा जुगलभरका माध्यमिक बिद्यालयमा अध्ययनरत ९/१० मा अध्यनरत बिद्यार्थीहरुलाई समेत सहभागीता गराउने तयारी रहेकाे जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वाेले बताए।