१० नम्बर वडाद्वारा टाेलटाेलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

निर्मल बस्नेत
(२०७९ माघ ११)चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० ले एकीकृत घुम्ती शिविर संचालन गरेका छ । बैंकसम्म जोखिम बर्गकाहरु धाउन नपरोस् भनि वडाको टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

वडाले गरेको घुम्ती शिविरकोे शुभारम्भ प्रतिनीधिसभा सदस्य मोहन बहादु्र बस्नेतल गरेका हुन् । उनले बुढेसकालको लौरो र वालवालिकाको भर्याङ बन्न अग्रसर हुन पर्नेमा जोड दिए । उनि आफु सदैव शिक्षा,स्वास्थ्य र प्राकृतिक विपद्मा जनतासंगै रहेर काम गर्दै आएको बताए । उनले वडाअध्यक्षले चुनाबी क्रममा बोलेको कुरा पुरा गर्ने वडाअध्यक्ष निल बहादुर तामाङ उदाहरणीय पात्र भएका भनि खुलेर प्रशंसा गरेका थिए ।

सोही अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर सीता थपाले समाजका जोखिम वर्गका नागरिकहरुलाई पहिलाृ प्राथमिकतामा राखेर काम गर्न नगरपालिका सदैव लागि पर्ने बताईन् ।

वडामा ३ सय ३४ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु रहेको वडाअध्य निल बहादुर तामाङले जानकारी दिए । सवैलाई घुम्ती सेवाले समेट्ने लक्ष्य रहेको तामाङले वताए । उक्त घुम्ती शिविरमा समेटिएका लाभग्राहीहरुलाई न्यानो कपडासमेत प्रदान गरिएको थियो । वडाको २ लाख र वडाअध्यक्षले व्यक्तिगत २ लाख थपेर ४ लाख बराबरको न्यानो कपडा वितरण गरिने तामाङले बताए ।

साठ्ठीमुरेको क वर्गको शारिरीक अपाङ्गता भएकी बाटुली माझी र कार्कीटारको अपाङ्गता भएकी मानकुमारी महतलाई भने घरमा नै पुगेर भत्ता वितरण गरेका छन् । जेष्ठ नागरिक यम बहादुर महतले प्राप्त गर्ने न्यानो कपडा गरिब तथा वित्पन्न व्यक्तिलाई प्रदान गरिदिन वडाअध्यक्षलाई अनुरोध गरेका छन् ।

घुम्ती सेवा सुकुटे, कार्कीटार, साठ्ठीमुरे चौतारी, खत्रीथोक स्वास्थ्य चौकीमा गरिएको थियो । घुम्ती सेवामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सिन्धु विकास बैंक सुकुटे शाखाका कर्मचारीहरु रकमसहित टोलटोलमै पुगेका थिए । साथै सासु भत्ता लिन पुगेकाहरुको स्वास्थ्य बिमा पनि गरिएको छ ।
विहिबार जल्केनी स्वास्थ्य चौकी र हर्रे सिमलवोटमा पनि घुम्ती सेवा प्रदान गरिने वडाअध्यक्ष निलबहादुर तामाङले जानकारी दिएका छन् ।

वडाअध्यक्ष तामाङका अनुसार प्रत्येक हप्ताको आईतवार काठ्माण्डौको कोठेस्वर र गौसालावाट पनि उपत्यका बस्ने वडावासीलाई सेवा दिने गरेको वताए ।