
चाैतारामा ५ दिने मन्टेश्वरी विधिकाे तालिम सम्पन्न

निर्मल बस्नेत-(२०७९ मा १०)चाैतारा साँगाचाेकगढी नगरपालिकाले वालबिकास सहजकर्ताहरुकाे लागि ५ दिने अावसिय मन्टेस्वरी विधिमा आधारित तालिम सम्पन्न गरेकाे छ ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले तालिममा आर्जन गरेकाे सिप र बिषयबस्तुका गम्भीरतालाई आत्मसात गरि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागु गर्न निर्देशन दिए । शिक्षामा नगरले केहि नयाँपन दिने लक्ष्यसहित स्थलगत अवलोकन सम्पन्न गरेकाे छ । साथै शिक्षामा गुणात्मक परिवर्तन गर्ने ध्येयका साथ नगरले बालविकास सहजकर्ता नभएका विद्यालयलाई सहजकर्ता काेटा उपलब्ध गराउने, न्युनतम मापदण्ड अनरुपकाे कक्षाकाेठा व्यवस्थापन , अभिभावक शिक्षा प्रदान गर्दै बालमैत्री वातावरणमा दिगाे सिकाई अार्जन गर्ने वातावरण बनाउने अभियान अर्तरगतकाे पहिलाे यसलाई ५ बर्षसम्म याेजनाबद्द रुपमा कार्न्वयन गर्दै जाने लक्ष रहेकाे बताए । यसलाई पुरा गर्न परिणाममुखी काम गर्ने ईच्छा शक्ति र तत्परता देखाउन अाग्रह गरे । मेयर सापकोटाले बच्चाहरूकाे भविष्य तपाईंहरुसंग छ भन्दै रचनात्मक भएर प्रस्तुत हुनुपर्नेमा जाेड दिए ।
साेही कार्यक्रममा नगर उपप्रमुख सीता थापाले केही फरकपन दिने काेसिसमा रहेकाेले नगरकाे कार्ययोजना अनुसारकाे काम गर्न आग्रह गरिन् । उनले हामी सिर्जनात्मक क्षमताको पहिचान गरि पुरस्कृत गर्ने लक्ष्य रहेकाे बताईन् ।
सहभागी रमाकुमारी चाैलागाईले तालिम अघि धेरै कुरा जानेका रहेनछाै भन्दै ५ दिने तालिममा समस्या पहिचान र समाधानकाे बिधि थाह पाएकाे बताईन् । उनिले तल्लो कक्षामा तिमी र तपाईं भनेर व्यवहार गर्छौ तर माथिल्लो कक्षाका शिक्षकले त र तेराे भनेर संस्कार र आचरण बिगारेको छ यसप्रति गम्भीर हुनुपर्ने बताईन् । साथै उनले तालिम पछि निरिक्षणकाे माग गरिन् ।
त्यस्तै प्रशिक्षार्थी धनकुमारी तामाङले १४ वटै वडामा एकै प्रकारको पाठ्यक्रम निर्धारण गरेर जानुपर्ने सुझाव व्यक्त गरिन् ।
प्रशिक्षक भिस्ममणी पाण्डेले तालिम सकिएको हाेईन सुरु भएकाे छ भने । पाण्डेले बिद्यालय, वालवालिका र अविभावककहाँ पस्किसकेपछि मात्र सार्थक हुनेछ भने ।
नगर शिक्षा अधिकृत बशन्त जाेशीले २०७७ सालकाे पाठ्यक्र अनुसार सिकाई हुनुपर्नेमा पुरानैमा भइरहेकाे पाईएकाेले नयाँ कार्न्वयन गर्न निर्देशन दिएका छन् । उनले वालबिकास सहजकर्ताहरुलाइ वाल मनाेबिज्ञान बुझेर सिकाई गर्न आग्रह गरे ।
तालिममा १० जना प्रशिक्षक र ६४ जना वालबिकास सहजकर्ताहरुकाे सहभागीतामा सम्पन्न भएकाे नगर शिक्षा शाखाका बिद्यालय निरिक्षक गाेपाल खड्काले जानकारी दिए । उनले न्युनतम मापदण्ड अनुरुप वालमैत्री बिद्यालय बनाउन बनाउने ५ बर्षे रणनीति अनुरुपकाे पहिलो कार्यक्रम रहेकाे बताए ।