
लिसंखुपाखरकाे वाफलमा सोनाम ल्हाेछार उल्लासपूर्ण मनाए तामाङ समुदायले

दिनेश दुलाल
२०७९ माघ८, वाफल (सिन्धुपाल्चाेक) । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् ।
तामाङ समुदायको ठूलो बस्ती रहेकाे लिसंखुपाखरकाे वाफलमा ह्याङ्ला वाफल युवा समाजकाे अायाेजनामा भएकाे हर्षोल्लास पूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन् । तीन दिनसम्म ल्हाेछारकाे उपलक्ष्यमा लिसंखुपाखर गाउँपालिकाले बिदा नै दिएसंगै उक्त गाउँपालिकाका तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरेर अाज मनाएका हुन् ।
आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरू भएको छ । आजदेखि ताकल्हो (बाघ वर्ष)लाई विलाई गरी आजदेखि ह्योई (खरायो वर्ष) ल्हो वर्ष सुरू भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।
वाफलकाे थाम डाँडामा ल्हाेछार पर्वकाे अवसरमा अायाेजित साँस्कृतिक तथा झाँकी प्रदशन कार्यक्रमकाे उदघाटन पालिका अध्यक्ष राजु लामाले गरेका हुन्। उदघाटन पछिकाे मनतज्यलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष लामाले समाजमा भडकिलाे नअाउने गरि एकअर्का समुदायलाई सहिसुश्णता कायम गर्दै चाड मनाउन पर्ने धारणाा राख्दै सबैसंग हातेमालाे गरेर मित्रता गास्नपर्ने सुझाव दिए ।
काठमाडौकाे धुलाे उड्ने चाैरहरूमा महगा महगा कलाकार ल्याएर ल्हाेसार मनाउने चलन गलत भएकाे उनकाे भनाई छ । ´अहिले सम्म ल्हाेछार मनाउने प्रक्रिया साँस्कृतिक जागरणकै अवस्थामा छाै। तर राम्राेसंग विधि विधान अनुसार घरघरमा भित्रयाएका छैनाै`, अध्यक्ष राजुले भने । ल्हाेछार भनेकाे रमाईलाे मनाउने र नाचगान मात्र नभइ संस्कृतिकाे जगेर्ना तथा सामाजिक मूल्य मान्यता समेत भएकाे बताए ।
अबका पिडीहरूले ल्हाेछार भनेकाे तामाङहरूकाे पर्व हाे भन्ने कुरा नबुझेकाे तथा तामाङ ड्रेस लगाउने, खाने र नाचगान गर्ने हाे भन्ने मात्रै बुझेकाेले समाजका अगुवाले ल्हाेछार एउटा संस्कार हाे, रितिरिवाज हाे । ल्हाेछार संग समुदायकाे अात्म, स्वाभिमान, इज्जत र मान प्रतिष्ठान जाेडिएकाे छ भनेर सिकाउन अावश्यक रहेकाे अाैल्याए । ल्लाेछार डाडाँ पाखामा मात्र नभई घर घरमा मनाउन अावश्यक रहेकाे बताए । स्थानीय युवा क्लव ह्याङला युवा समाजले क्रान्तिकारी पारामा ल्हाेछारलाई स्थापित गर्न लागेकाेमा प्रशंसा व्यक्त गरे । राजनैतिक दल तथा समाजसेवी सबैले ल्हाेछारलाई नयाँ बर्षकाे रूपमा घर घरमा मनाउन पर्ने सुझाए ।
त्यसैगरी कार्यक्रमकि विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिठु लामाले तामाङ समुदायले बर्ष भरीकाे दु:ख कष्टलाई एकछिन थाती राखेर मनाउने प्रचलन भएकाे बताईन । हामी तामाङ जाती भएकाेले हाम्राे अाफ्नैे धर्म, संस्कृति र भेषभुषा अनुसार हामी दुविधामा नपरिकन चाडपर्व मनाउन पर्ने धारणा राखिन । ´हाम्रा पुर्खाले जे प्रचलन गर्दै अाउनु भएकाे थियाे हामी त्यहि प्रचलन थाती राख्नुपर्ने हुन्छ`, उनले भनिन ।
नेपालमा धार्मिक सहिसुष्णता रहेकाे कारणा एउटा धर्म मान्ने मान्छेले अर्काे धर्मप्रति पनि सम्मान गरेकाे उनले सुनाईन ।
अब हामीले याे जात उ जात भनेर एकअर्काेलाई घृणा गर्दैनाै । ल्हाेछार भनेकाे हिन्दुहरूले दशै मनाकाे जस्तै तामाङ समुदायले याे कार्यक्रमलाई नयाँ बर्षकाे रूपमा मनाउन पर्ने धारणा राखिन ।
कार्यक्रममा वडा नम्बर ३ का वडाअध्य मानबहादुर ग्याबाले तामाङ जातिहरूकाे ल्हाेछारलाई राष्ट्रिय पर्वकाे रूपमा विकास गर्नुपर्ने धारणाा राखे । ल्हाेछारकाे अर्थ हामी सबै जना एक वर्षकाे पुरानाे पछि एक वर्षकाे लागि नयाँ भएकाे बताए । युवा समाजलाई वडाबाट ५० हजार सहयाेग गर्ने वचन दिए । कार्यक्रममा धर्म गुरु लगाएतले ल्हाेछारकाे महत्व बारेमा चर्चा गरेका थिए ।
ह्याङ्ला वाफल युवा समाजका काेषाध्यक्ष चिनकाजी ग्याबाकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन
समाजका सचिव विकास ग्याबाले गरेका थिए । ल्हाेछार कार्यक्रमलाई अर्काे साल घर घरमै मनाउने गरि भव्यताका साथ मनाईने चिनकाजीले बताए ।