प्रभावकारी बन्दै चौसागढीेको पशुबीमा कार्यक्रम, किसानले पाए बीमा बापतको रकम

दिनेश दुलाल
पौष ५, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडामा ४ कुविण्डेकी मैया सापकोटाको झण्डै डेडलाख मूल्य पर्ने लैनो भैंसी ८ महिना अगाडी म¥यो । दुध वेचेर मनग्य आम्दानी गर्ने उनको रहर तुहियो । ऋृण गरेर किनेको भैंसी अचानक मर्दा ऋणको चौपट्ट चिन्ता त छँदै थियो । अर्को भैंसी किन्न समेत उनले आँट गरेकी थिईन ।

आफ्नो आँगनमै दुध डेरी रहेको मैंयाले त्यतिकै मन थामेर बस्न सकिनन् । आठ महिना पाडी मात्रै पालेर बसेकी उनले थप ऋण खोजेरै सबालाख मूल्य पर्ने भैंसी पुनः किनिन । ऋणको भार त उनलाई झनै थपियो । ऋणको पिरलोमा परेकी मैयाँलाई जब बीमा कर्ताले पशु बिमाको रकम आउने बताएपछि उनी खुशीले गदगद भईन । नभन्दै बुधबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाद्वारा बीमा बापतको ९० हजार रुपैंया पाईन । उनी जस्तै वडा नं ७ का इश्वरी प्रसाद नेपालले समेत सोही अनुपातको रकम प्राप्त गरे ।
नगर पशु सेवा शाखाबाट जारि सुचनाको आधारमा पशु बिमा कार्यक्रममा सहभागि भइ पशु बिमा गराएका नेपाल र सापकोटाले भैंसी मरेपनि मुल्याङकन बराबरको बिमा रकम जनही ९० हजार रुपैया प्राप्त गरेका हुन् । बेलैमा पशु बीमा गरेका नेपाल र सापकोटा जस्तै नगरभित्रका गाईभैंसी पालक किसानहरुलाई नगरपालिकाले प्रोत्साहित गरेको बीमकहरुको बुझाई छ ।

किसानको पशुधनको दृष्टीले राम्रो मानिने बिमा कार्यक्रम पछिल्लो समय चौतारा साँगाचोकगढी नगरपालिकामा प्रभाबकारी बन्दै गइरहेको एक स्थानीय कुविण्डेका किसान मनोरथ नेपालको भनाई छ । बिमा रकम हस्तातरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रत्येक घर घरम सो कार्यक्रमलाइ प्रभावकारी ढंगले नगरले सहजिकरण गर्दै लैजाने बताए । कृषकलाइ प्रत्यक्ष रुपमा आर्थिक उर्पाजन हुने योजना बनाउदै अघि बढ्ने उनले प्रतिवद्व जनाए ।

नगरपालिकाको ०७९÷८० को निती तथा कार्यक्रमम कृषी तथा पशु कार्यक्रममा बिषेश जोड दिएर कुल बिमाङ्कको संघिय सरकारबाट प्राप्त हुने अनुदान बाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बिमा कार्यक्रम संचालन गरिएको नगर पशुशाखा अधिकृत अर्जुन खड्काले बताए । शुरुवाती चरणमा बिमा कार्यक्रम कृषकले झन्झटिलो प्रक्रिया मानेपनि त्यसमा नगर पशुशाखाले सहजिकरणको भुमिका निर्वाह गरेपछि कृषकहरु खुसि भएको शाखा प्रमुख खड्काको ठम्याई छ । उनका अनुसार हाल नगरपालिका मार्फत २०७९ पौष मसान्त सम्म ३ सय ८० गाई भैंसि र २० बाख्राको बिमा भइसकेको छ । त्यस्तै २ सय वटा पशु बीमाको लागि प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।