चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औं नगरसभा सम्पन्न

पौष २८, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा विहिबार सम्पन्न भएको छ । १३ औं नगरसभाको उदघाटन नगरपालिकाका प्रमुख कृष्ण सापकोटाले गरेका हुन् । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताए । मेयर सापकोटाले आगामी वर्षदेखि वैज्ञानिक र वस्तुवादी योजना निमार्ण गरी कार्यान्वयन गरीने उल्लेख गर्दै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सुरु गरेको बताए । शिक्षाको क्षेत्रमा सुधारको अभियान थालनी गरेको तर निर्णय गरेर कार्यान्वय गर्न बाँकी रहेको उनको भनाई थियो । नगरपालिकाले सम्पादन गर्ने कार्यहरु गलत भएमा आलोचना र टिप्पणी गर्न समेत उनले आग्रह गरे । जसका लागी कार्यक्रम बन्ने गरेपनि उनीहरु सम्म कार्यक्रम नपुग्ने तथा उनीहरु बुझ्न पनि नआउने प्रवृत्ति भएको आफुले महसुस गरेको उनको भनाई छ ।

नगरपालिकाकी उपप्रमुख सिता थापाले आर्थिक वर्ष २०७९।०८० को श्रावण देखि पौष २७ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरिन । उनले प्रस्तुत गरेअनुसार आर्थिक वर्षको छ महिनाको बिचमा नगरपालिकाले चालु तर्फ ३०.८५ प्रतिशत रकम खर्च गरेको छ । यस्तै पुँजीगत तर्फ १८.९३ प्रतिशत रकम खर्च भएको उपप्रमुख थापाले बताईन । त्यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रमा दिर्घकालिन उदेश्य प्राप्ती गर्ने गरी नगरपालिकाले कार्यक्रम सुरु गरिसकेको प्रगति विवरणमा उल्लेख गरीएको छ ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामबहादुर केसीले नगरसभाले हालसम्मको गतिविधिलाई गहिरोसंग समिक्षा गरिएको बताए । जनताले प्रत्येक्ष रुपमा परिवर्तनको महसुस गर्नेगरी आफ्नो नीति कार्यक्रम कानुन, संरचना, दिगो बिकास, सामाजिक सेवा प्रवाह सुसासन लगायतका बिसयमा केन्द्रित हुनुपर्ने उनको तर्क छ । राजनिती र कर्मचारितन्त्र एकै सिक्काका दुई पाटा भएकोले आपसी सहयोग, समन्वय र सहकार्य जस्ता विशेष ध्यान पुर्याएमा सार्वजनिक सेवा प्रवाह लगाएतका विषयमा थप सहज हुने उनको भनाई ।

यसैबीच आर्थिक वर्षको छ महिनाको बिचमा नगरपालिकाले चालु तर्फ ३०.८५ प्रतिशत रकम खर्च गरेको जनाएको छ । यस्तै पुँजीगत तर्फ १८.९३ प्रतिशत रकम खर्च भएको उपप्रमुख थापाले बताईन । त्यस्तै उक्त नगरसभाबाट करारका कर्मचारीको म्याद थप एवम् रकमान्तरको कार्यक्रमहरु पेश गरिएकोमा सर्वसम्मत पारित भएको नगरपालिकाले जनाएको छ ।

यस्तो छ नगरसभाको उपलब्धी