घिच्चेत उसिदुम माविको ८ कोठे भवन बनाउन पालिका अध्यक्ष लामाले गरे प्रतिवद्वता

दिनेश दुलाल
पौष २५, लिसंखु (सिन्धुपाल्चोक) । लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर ३ मा रहेको घिच्चेत उसिदुम माध्यामिक विद्यालयले आफ्नो ५४ औं वार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको विद्यालयको वार्षिक उत्सव कार्यक्रमको समुदघाटन गाउँपालिका अध्यक्ष राजु लामाले गरेका गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका लामाले वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आगमी एकबर्ष भित्र उक्त विद्यालयको ८ कोठे भवन बनाईदिने प्रतिवद्वता जनाएका छन् । त्याँहाका अभिभावक तथा विद्यालयले भवनको अभाव खड्एिको भनेर अध्यक्षसंग गुनासो ्राखेपछि पालिका अध्यक्ष लामाले जसरी पनि एक वर्ष भित्र भवन बनाईदिने प्रतिवद्वता गरे ।

गतसाल विद्यालयको ५३ औं वार्षिक उत्सब कार्यक्रममा तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो कार्यकाल भित्र भवन बनाईदिने प्रतिवद्वता जनाएका थिए । तर कार्यविधिका कारण भवनलाई बजेट नपरेको पालिका अध्यक्ष लामाको कथन छ । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत बजेट ल्याउने कुरा थियो तर कार्यविधिका कारण सम्भव भएन’, अध्यक्ष लामाले भने । अधुरो कामलाई आफूले जसरी पनि पुरा गरिदिने उनले प्रतिवद्वता जनाए ।

बागमति प्रदेश सरकारको लगानीमा जिल्लामै पहिलोपटक गाउँपालिका भरिनै फ्रि वाईफाई सेवा सुरूवात गरिएको दावी गर्दै अध्यक्ष लामाले प्रत्येक विद्यालयमा ईसिटि कक्षा सञ्चालनको लागि निशुल्क ईन्टरनेट सेवा प्रदान गरिएको समेत बताए । आफूले प्राप्त गर्ने भत्ता समेत शैक्षिक क्षेत्रको लागि सहयोग गर्ने प्रतिवद्दता जनाएका अध्यक्ष लामाले उसिदुम माविलाई सहयोग गर्ने तमाम सहोगी दाताहरूलाई लिसंखुपाखर गाउँपालिको तर्फबाट धन्यवाद समेत दिए ।

त्यसैगरी कार्यक्रमकी विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामाले घिच्चेत मावि दुर्गम देखिएपनि यहाँबाट वौद्विक व्यक्तिहरू उत्पादन गर्न सकेको प्रतिक्रिया दिईन । विद्यालयलाई प्राविधिक विद्यालय बनाउन पर्ने तर्क पेश गर्दै उपाध्यक्ष लामाले विद्यालय गुणस्तर बनाउन सबैको सहयोग आवश्यक रहेको औंल्याईन । विद्यालयमा भएको साईन्स ल्याव फोटोमा मात्र सिमित नभई विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास गराउन उनले आग्रह गरिन । विद्यालयको भौतिक आवश्यकता पहिलो शर्त रहेको रहेको बताएकी लामाले विद्यालयलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद समेत दिईन ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि पालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बिष्टले गाउँपालिकाले विद्यालयको गुणस्तरीय शिक्षाको लागि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको दावी गरे । विद्यालयको शैक्षिक सुधारको लागि शिक्षक, अभिभावक र विद्यार्थीको अन्तर सम्बन्ध आवश्यक रहेको उनले औल्याए ।

आफू कर्णालीबाट सेवा दिन आउन परेको तथ्य देखाउँदै पालिका अध्यक्ष बिष्टले यहिका विद्यालयले जनशक्ति उत्पादन गर्नुपर्ने तर्क पेश गरे । विद्यालयलाई खानेपानी लगाएत केही केही आवश्यकताहरु पालिकाले पुरा गरिएको समेत उनले बताए । विद्यालयलाई सहयोगी हातहरु बढ्न थालेपनि अझै अपुग भएको बताउँदै बिष्टले भने, ‘मन्दिरमा हामी दान गर्छाै तर विद्यालयलाई दान किन गर्दैनौ ? यस प्रति हाम्रो सोच आउन आवश्यक छ ।’

त्यस्तै कार्यक्रममा शिक्षा शाखाकी प्रमुख एलिना खत्रीले पालिकाद्वारा छात्रहरूमा सेनिप्याड उपलब्ध गराउनुका साथै विद्यालयमा ईन्टरनेट सेवा लगाएत शैक्षिक आवश्यकताहरु प्रदान गरिएको बताईन । कार्यक्रममा चन्दादाताहरुको तर्फबाट बोल्दै पूर्व विव्यस अध्यक्ष समेत रहेका भिमबहादुर श्रेष्ठले आफूले विद्यालयको भौतिक प्रगतिको लागि निकै प्रयात्न गरिएपनि सम्भव नभएको दुखेसो पोखे । आफ्नै नेतृत्वमा विद्यालयलाई १६ लाख चन्दा संकलन गरेर जम्मा गरिदिएको दावी गर्दै श्रेष्ठले आफूले ५ वर्ष देखि बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्दै आएको बताए । विद्यालयलाई कम्युटर लगाएत शैक्षिक सामग्री सहयोग गरेका श्रेष्ठले विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सबै विद्यार्थीलाई ट्रयाकसुट तथा शैक्षिक सामाग्री प्रदान गरेका थिए ।

पूर्व प्रअ रामप्रसाद उप्रेतीले विद्यालयमा कम्युटर भएपनि ल्यावको प्रयोग तथा पुस्तक भएपनि लाईबेरीको लागि भवन नभएको बताए । विद्यालयका प्रध्यानध्यापक चतुर लामाले वार्षिक प्रतिवेन प्रस्तुत गर्दै विद्यालयलाई भवनको अभावका कारण शैक्षिक क्षेत्रमा उलेख्य उपलब्धी हाँसिल गर्न नसकेको बताए । शिक्षक निवास नहुँदा गाउँ–गाउँमा कोठा लिन बाध्य हुनुपरेको तथ्य उल्लेख गर्दै विद्यालयका प्रअ लामाले छात्रबास नहुँदा बालबालिकाले डेडघण्टा लगाएर आउनुपरेको पीडा सुनाए । चन्दा सहयोगी दाताद्वारा संकलित रकमले विद्यालयले छात्रवृति तथा अन्य आवश्यकता पुरा गर्नुपरेको तितो यथार्थ उनले सुनाए । प्रावि दरबन्दीले माध्यामिक विद्यालय चलाउनु परेको समेत उनले सुनाए ।
उनका अनुसार उसिदुममा वावि तहको स्वीकृत दरबन्दी छैन । त्याहाँ दरबन्दी निमावि ३, प्रावि ५ र राहत १ जना शिक्षक छन् । बाँकी संघीय, प्रदेश गाउँपालिका अनुदान गरी १६ शिक्षक कार्यरत रहेको उनले सुनाए । १०८ जम्मा विद्यार्थी रहेको उक्त विद्यालय समेत गरी वरीपरिका ३ विद्यालयमा २ सय ३० जना अध्यायन गर्छन तर त्यो भन्दा ३ सय माथि विद्यार्थी जिल्ला बाहिर पढ्न जाने गरेको उनले सुनाए । २०६८ सालबाट एसइइ सुरुवात गरेको उक्त विद्यालयमा एडिबिले पक्की ८ कोठे भवन बनाएपनि बाँकी पुरानै ब्लक सिस्टमको भवन छ ।
विव्यस अध्यक्ष भरतराज उप्रेतीको सभापतित्वमा भएको उक्त वार्षिक उत्सव कार्यक्रमको अवसरमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने विभिन्न माहानुभावहरुलाई सम्मान गरिएको थियो । बालबालिकाहरुले विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।