ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न,अध्यक्षमा चौलागाँई

दिनेश दुलाल
पुस २३, ठूलोसिरुवारी । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा होमनाथ चौलागाई निर्वाचित भएका छन् ।
चौलागाईको नेतृत्वमा ११ सदस्यीय संचालक समिति निर्माण भएको हो । संचालक समितिको उपाध्यक्षमा तोकबहादुर श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा कुल प्रसाद दाहाल, राम प्रसाद चौलागाई, ठाकुर गिरी, कृष्ण गोपाल सार्की, शान्ता गिरी, शुसिला दंगाल (ढुङगाना), सानुमैया थापा जमुना थापा सर्वसहमत चुनिएका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिमा संयोजक रबिन पुरी, सदस्यमा दिपेन्द्र चौलागाई र शर्मिला नेपाली चयन भएका छन् ।

ठूलोसिरुवारीका सबै घरधुरी शेयर सदस्य रहेको उक्त सहकारीको चौथो साधारणसभा सेतीदेवी मावि कोटडाँडाको प्राङग्रणमा शनिबार सम्पन्न भएको हो । कार्यक्रम पूर्व सामाजिक विकासमन्त्री एवम बागमति प्रदेश सदस्य युवराज दुलालको प्रमुख आतिथ्यता तथा १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतमको विशेष आतिथ्यमा सम्पन्न भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सांसद दुलालले सहकारीमा शेयर पूँजि बिस्तार गरेर जानू पर्ने धारणा राख्दै संस्थाको कारोबार बढी शेयर पूँजी वृद्धि तथा कारोकार वृद्धि गर्न सुझाव दिए । किसानलाई कसरी सहजीकरणा गर्न सकिन्छ भनेर आफू लागी परेको उनले बताए ।

१३ नम्बर वडाले चुनावमा वशेष भूमिका निर्वाहा गरेको चर्चा गर्दै प्रदेश सांसद दुलालले आफूले ठूलोसिरुवारीको लागि योजना प्रयाप्त हालेर पुरस्कृत गरिन लागेको सुनाए । आफ्नै पहलमा जलकिने देखि कुन्डला सम्मको सडक स्तर उन्नती गर्न १५ करोडको हाराहारीमा बजेट हालिएको उनले दावी गरे ।

सेतीदेवीलाई नमुना विद्यालय बनाउन आफूले योजना बनाएको बताएका सांसद दुलालले कृषि सहकारीलाई भवन बनाउन आफूले सहयोग गर्न प्रतिवद्दता समेत जनाए । कार्यक्रमका विशेष अतिथि नगरपालिकाका सामाजिक विकास संयोजक एवम १३ नम्बर वडा अध्यक्ष रामप्रसाद गौतमले कृषि सहकारीले अब आय आर्जनतिर जोड्न आवश्क रहेको औंल्याए ।

सबै घरधुरी समेटिएको साना किसान कृषि सहकारी १४ वडा मध्येको नगरमा पहिलो दर्ता भएको उल्लेख गर्दै साना किसानकै नेतृत्वमा वडामा क्रियासिल तीनवटा सहकारी सहकारी मिलेर उत्पादनका काममा लाग्न सुझाए ।

दिवा खाजा परिक्षणमा ठूलोसिरूवारी सफल भएको चर्चा गर्दै वडाअध्यक्ष गौतमले हरेक कुरामा यो वडा सबल हुनुपर्ने धारणाा राखे । ठूलोसिरूवारीमा खानेपानी तथा सडकको लागि सांसद दुलालले उल्लेख्य सहयोग गरेको उनले चर्चा गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुले सहकारीको चौथो साधारणसभाको शुभकामना दिएका थिए । साधारणसभाकै सन्दर्भमा सहकारीमा आवद्व उत्कृष्ट बचतकर्ता, मेहनती किसान तथा समुहलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

२०७४ सालमा स्थपना भएको उक्त साना किसान कृषि सहकारीमा ठूलोसिरुवारीका प्रत्येक घरधुरी समेटिएर १ हजार २ सय ७० शेयर सदस्य छन् । ३ करोड ७ लाख ३७ हजार ८ सय ९६ रुपैंया कारोबार रहेको उक्त सहकारी संस्थाको शेयर पूँजि मात्रै ३८ लाख ५४ हजार रहेको छ । शेयर पूँजि वृद्वि गरी ५२ लाख पु¥याईने लक्ष्य रहेको सहकारीका निवर्तमान अध्यक्ष कुलप्रसाद दाहाले बताए । परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी व्यवसायिक खेतिका लागि कृषकहरुलाई आवश्यक सहयोग जुटाईदिन प्रयास गर्दै मिनि ट्रेलर लगाएतका कृषियन्त्र मर्मत सम्भार तालिमको खोजी गर्ने उनले बताए ।