
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर विकास गर्न अझै चुनौति छ– सांसद दुलाल

दिनेश दुलाल
पुस २२, बागमति प्रदेश सदस्य एवम पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर विकास गर्न अझै चुनौति रहेको बताएका छन् । जनविकास माध्यामिक विद्यालयको ४७ औं वार्षिक उत्सव कार्यक्रमको सन्दर्भमा साँगाचोक नर्सरी पुगेका सांसद दुलालले कार्यक्रम सम्बोधनको क्रममा उक्त धारणा राखेका हुन् । राज्यको लगानी सबभन्दा बढी सामुदाियक विद्यालयमा भएपनि सोचेको जस्तो परिणााम आउन नसकेको सांसद दुलालको तर्क छ ।
बिगतमा विद्यालय कस्ले स्थापना ग¥यो भन्ने चर्चा चल्ने गरेको स्मरण सुनाउँदै सांसद दुलालले पछिल्लोपटक कसले पहिला विद्यालय मर्ज गर्छ, विद्यालयलाई आवशीय बनाउँछ र गुणस्तरीय शिक्षाको विकास गराउँछ भन्ने प्रतिश्पर्धाको युग भएको बताए । ‘मेरो हजुरबाले विद्यालयलाई जग्गा दान दिएको भनेको आधारमा शिक्षाको गुणस्तर अब वृदि हुँदैन’, सांसद दुलालले भने ।
विद्यालय सुधार गर्न अभिभावक, शिक्षक तथा सामाजिक व्यक्तित्व सबैको उत्तिकै भूमिका आवश्यक रहेको औंल्याउँदै सांसद दुलालले सिमित स्रोत र साधनका आधारमा विद्यालयको वर्तमान अवस्थालाई राज्यको लगानी बढाउने काममा आफ्नो प्रयत्न अग्रणी रहने प्रतिवद्वता जनाए । विद्यालयको लागि आवश्यक पर्ने ल्याव तथा अन्य आवश्यक सामाग्रीको लागि आफूले सहयोग गर्ने प्रतिवद्वता समेत उनले जनाए ।
निर्वाचित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सरिक भएका दुलालले पछिल्लोपटक केही परम्परा कुरालाई सुधार गरिएको उनको विश्लेषण छ । सम्बोधनको क्रममा दुलालले जितेर विजय उत्सव र र्यालीमा मात्रै आउने जनप्रतिनिधि भन्दा उत्सब नमाईकन खुरू खुरू जनताको बीचमा आउने जनप्रतिनिधि नै उत्तम भएकोले आफू सुधारको पक्षमा रहेको जिकिर गरे ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद दुलाले अर्को एक प्रसंगमा अहिले वर्तमान सरकारमा सबै विविधताको सहभागिता भएकोले सरकारको लागि चुनौति रहेको खुलासा गरे । कुनैपनि राजनैतिक विचारधारको पक्षमा बहुमत नआएपछि मुलुकले यो संकटको सामाना गर्नुपरेको उनको तर्क छ ।
यसैगरी कार्यक्रमकी विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिकी उपप्रमुख सीता थापाले सामुदायिक विद्यालयको लागि नगरपालिकाले शिक्षा क्षेत्रमा प्रयाप्त लगानी गरीएको बताईन । उनका अनुसार जनविकास माध्यामिक विद्यालयका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ४ बर्ष सम्म १० लाखको दरले ४० लाख अनुदान प्रदान गरेको हो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि नगरपालिकाका सामाजिक विकास संयोजक एवम १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले विद्यालयको शैक्षिक सुधाको पहिलो खुट्किलो बालबालिकालाई दिवा खाजाको सुरुवातबाट हुने तर्क पेश गर्दै स्थानीय कृषि उपजलाई उपयोगमा ल्याउन पर्ने धारणा राखे । विद्यालयको शैक्षिक गुणस्तर बढाउन विद्यालय मर्ज वा शिक्षक समायोजन आवश्यक रहेको उनले औंल्याए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष झम्क पराजुली लगाएत विभिन्न राजनैतिक व्यक्तित्वहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै वार्षिक उत्सव कार्यक्रमको अवसरमा सोही विद्यालयका ४ शिक्षक सम्मानित भएका छन् । सम्मानित हुने हरुमा विद्यालयका प्रध्यानध्यापक शंकरप्रसाद पराजुली, शिक्षक गोविन्द पराजुली, विरेन्द्रराज गिरी र शिक्षिका जामुना अधिकारी रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पराजुलीको सभापतित्व तथा विरेन्द्रराज गिरीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विद्यालयका बालबालिकाले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।