
आगोलागीबाट बालकको मृत्यु, लाखौंको क्षति

पुस २१, बलेफी । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ४ लप्से स्थित एक फर्ममा आगोलागी हुँदा एक ३ वर्षीय बालकको ज्यान गएको छ ।
बिहिबार बिहान ९ बजेको समयमा भएको आगोलागीमा बलेफी गाउँपालिका वडा नम्बर ४ लप्सेकी स्थित निर्जला कार्कीको ३ वर्षीय छोरा वर्ष ३ को निर्जल कार्की आगोमा परि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख सूचना अधिकारी प्रहरी नायव उपरिक्षक शिवकुमार बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार आगोलागी भएको उक्त फर्म वडाअध्यक्ष सुर्के तामाङको हो । लप्से युुवा पशुपंक्षी फर्म नाम गरेको उक्त फर्ममा काम गर्ने निर्जला बस्दै आएकी थिईन । आगोलागि हुनसाथ १० वजेको समयमा प्रहरी र स्थानीय बासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगोलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको सामानहरु जली क्षति भएको प्रनाउ बुढाथोकीले बताए ।
आगोलागीबाट के कसरी भयो भन्ने सन्दर्भमा अनुसन्धान भईरहेको प्रनाउ बुढाथोकीको भनाई छ । उक्त घटना लगत्तै बागमति प्रदेश सदस्यद्वय सरल सहयात्री पौडेल र अमृता नेपाल तथा बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ घटना स्थलमा पुगेर जानकारी लिएका थिए ।