
भद्रकाली माविको ६२ औं वार्षिक उत्सव तथा, नयाँ भवन उदघाटन

पुस २०, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिका वडा नं ८ मा रहेको श्री भद्रकाली माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव तथा नयाँ भवन उ्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्याक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य मोहन बहादुर बस्नेतले वार्षिक उत्सव कार्याक्रमको उदघाटन तथा नयाँ भवन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद बस्नेतले आफूले विगत ४० वर्ष देखि निशुल्क कोचिङ पढाएर शिक्षा क्षेत्रको विकासमा लगानी गरेको स्मरण सुनाउँदै सांसद बस्नेतले आगमी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिने उदघोष गरे । आफू विकासवादी भएकोले अबको पाँछ वर्षमा उल्लेख्य काम गर्ने ठोकुवा गरे । त्यसैगरी कार्यक्रमका विशेष अतिथी बाह्रविसे नगरपालीका प्रमुख बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकालाई नमुना शिक्षा क्षेत्रको मोडेलको रपमा विकास गरिने प्रतिवद्वता जनाए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख कृष्ण सुबेदी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि युधिर पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उप मेयर मन्जु तामाङ वडाअध्यक्ष बिमल पौडेल सहित समाजसेवी बुद्धिजीवी र विभिन्न पदमा आबद्ध व्यक्तित्व र अभिभावकहरुको उपस्थितिमा कार्यक्रम भव्य र सव्य रुपमा सप्पन्न भएको हो ।
एडिबी मार्फत निर्मित भवन ७ करोड लागतमा पक्की भवन निर्माण भएको कुरा ठेकेदार कुमार गुभाजुले बताए । उक्त भवन भद्रकाली सम्म ल्याउन बिध्यालयको प्रधानध्यापक गणेश दत्त (बद्री सर) पौडेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युधिर पौडेल, माओवादीका बागमति प्रदेश सदस्य सरल सहयात्री पौडेल र सिएलपिआईयुका युबराज पौडेलको बिशेष पहल भएको उक्त भवनको लागि जग्गा भने बाह्रबिसे नगरपालिकाले जग्गा खरिद गर्न १२ लाख अनुदान दिएको थियो । त्यस्तै स्थानीय स्वर्गीय नरप्रसाद पौडेलले १२ आना जग्गा दान गरेका थिए ।
नवनिर्मित उक्त विध्यालयमा ढुंगा बिछ्याइदिने जिम्मा सांसद बस्नेतले लिएको विद्यालयले जनाएको छ । बाह्रबिसे नगरपालिकाले १२ कक्षा सम्म शिक्षा निशुल्क र आधारभूत तह सम्मको दिवा खाजाको व्यवस्था गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख बस्नेतले बताए । वार्षिक उत्सव कार्याक्रममा विद्यालयका प्रधानध्यापक हिरा सापकोटाले बार्षिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव प्रसाद पौडेलले गरेका थिए ।