
इन्द्रावती गाउँपालिकामा मनेसामाजिक सहयोग तालिमको सुरुवात

पुस १३, नवलपुर । इन्द्रावती गाउँपालिकामा मनेसामाजिक सहयोग तालिमको सुरुवात गरिएको छ । ईन्द्रावती गाउँपालिकाको आयोजनामा गाउँपालिकाको १२ वटा वडाबाट सिफारिस गरेका बिभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई प्रदान गरिएको उक्त तालिम बुधबारबाट सुरुवात गरिएको हो ।
सात दिने आधारभुत मनोसामाजिक सहयोग तालिम पालिकाका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष शोभना तामाङ र प्रसासकिय अधिकृत रामप्रसाद शर्माको उपस्थिमा गाउँपालिकाको सभाहलमा सुरुवात गरिएको हो । तालिममा औपचारिक उदघाटनको क्रममा पालिका अध्यक्ष झम्कनाथ नेपालले मनोसामाजिक सहयोग तालिमले व्यक्तिको जीवनमा परिवर्तन मात्र नभई समाजलाई नयाँ ढंगबाट विकास गर्न सहयोग पुग्ने ठेकुवा गरे । मनोसामाजिक सहयोग सम्बन्धी आधारभूत तालिम बुधबारबाट एकसाता चल्नेछ ।
पालिका अध्यक्ष झम्क प्रसाद नेपालको प्रमुख आतिथ्यमा भएको उक्त तालिम कार्यक्रममा अनुसन्धान विज्ञहरु लगायत आयोगका कर्मचारीहरु सहभागिता रहेको थियो । तालिमको महिला तथा बालबालिका शाखाले सहजीकरण गरेको थियो । तालिममा मनोसामाजिक मरामर्शकी प्रशिक्षक सिर्जना भण्डारीले सामाजिक मुद्दा र समस्या, द्वन्द्व पछिको आघात र मनोसामाजिक प्रतिक्रिया सम्बन्धी विषयमा प्रशिक्षण दिएकी थिइन ।
त्यस्तै कार्यक्रममा विविध सामाजिक घटना पछिको तनाव विकृति, मनोसामाजिक विमर्श तथा संचारका सीप सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । तालिममा सहभागीहरु विच सामुहिक छलफल, सामुहिक प्रस्तुतिकरण, विषयवस्तु सम्बन्धी अभ्यास समेत गरिने जनाईएको छ ।
तालिमको एकसाता सम्म मनोविमर्श प्रक्रिया, आत्महत्या र डिप्रेसन सम्बन्धी विषयमा तथा क्षति र वेदनाको व्यवस्थापन, तनाव व्यवस्थापन सम्बन्धी विषयमा विज्ञहरुले तालिम दिनेछन् । साथै कार्यक्रमहरुबाट तालिममा प्रशिक्षात्रीहरुको क्षमता वृद्धि हुनुको साथसाथै व्यावहारिक जीवनमा समेत प्रशिक्षणबाट प्राप्त ज्ञान अत्यन्त उपयोगी हुने महिला तथा बालबालिका शाखाकी प्रमुख सुजनता गौतमले बताईन ।