राष्ट्रिय महिला आायोगले गर्याे अभिमुखिरण कार्यक्रम

निर्मल बस्नेत
१२ पौष २०७९, चाैतारा । राष्ट्रिय महिला आयोगको विद्यालयमा हुने हिंसा निवारणको सवालमा शिक्षक, विद्यार्थी र बिद्यालय व्यवस्थापन सतितिसंगको १ दिने अभिमुखिकरण कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको केन्द्रभाग चौतारामा सम्पन्न भएको छ ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपालले महिला हिंसाको प्रमुख कारण भनेको गरिबी, अशिक्षा र चोतनाको कमीकै कारण भएको बताएका छन् । उनले यसको न्यूनिकरणमा सवै सरोकारवालहरुको समान भूमिका रहनुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय महिला आयोगको कार्यबहाक अध्यक्ष लिलाकुमारी पौडेल खतिवडाको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उनले राजनीतिक दलहरुले व्यवस्था गरेको प्रतिशतको आधार दलले नै उल्लंघन गरेको भन्दै आपत्ति जनाईन् । दलहरुले स्थनीय तहमा गठबन्धनको नाममा मलिाको अधिकार संबिधानमा व्यवस्था भएको कुराहरु ओझेलमा परेको भन्दै आक्रोस व्यक्त गरिन् । उनले भनिन् आयोगले बनाएको कार्यक्रम आम ३ करोड नेपालिको साझा अधिकार हुनेछ । कार्यक्रममा आयोगको उपसचिव गिरीराज ज्ञावली र सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी बेधनीधि खनालले पावर पोइन्टमा नेपाल सरकारको नीति र राष्ट्रिय महिला अयोगको भूमिका, नेपालको सरकारले अवलम्वन गरेको ऐन तथा कार्यविधि र अन्तराष्ट्रिय रुपमा गरेको सन्धि तथा सम्भमmौतामा उल्लेख भएका विषयहरुमाथी कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रजिअ खनालले प्रस्तुत गरेको कार्यपत्रमा लैंगिक हिंसा,साँस्कृतिक हिंसा, घरेलु हिंसा लगायतका धेरै विषयहरु समेटिएका थिए । प्रजिअले हिंसाको व्याख्यामा हिंसा हुने सम्भावित स्थान, हिंसाका कारण, हिंसाको प्रभाव, हिंसापीडितमा देखिने समस्याहरु, हिंसावाट बच्ने उपायहरुको सन्दर्भमा आफ्नो कार्यपत्रमा धेरै विषयबस्तु समेटिएका थिए । यसरी प्रजिअ खनालले प्रस्तुत गरेको कार्यपत्रमा सवैले चासोपूर्वक ध्यान थिएका थिए । उनले यसवर्ष देशभरमा घटेको ८ सय घट्नामा सिन्धुपाल्चोक जिल्लामा घटेको ३० वटा घट्नाहरु मध्ये १३ वटा घट्नाका केसहरु महिला हिंसाकै रहेको वताउदै यसको न्यूनिकरणमा सवैको जोेड रहनुपर्नेमा जोड दिएका थिए ।
सिन्धुपाल्चोक जिल्ला अदालतका श्रेष्ठदार राजेन्द्रप्रसाद वाग्लेका अनुसार अदालतमा आएको उजुरीहरु मध्ये धेरै महिला सम्वन्धि आउने गरेको र यसमा पहिले प्रेम, सल्लाह र सहमतिमा बिवाह गर्ने र पछि बलत्कार र जवरजीस्तीकरणीको केस दर्ता गर्ने परिपठीको विकास भएर बिकृति मौलाएको भन्दै उनले ऐनमा नै यसको हेरफेर हुनुपर्नेमा जोड दिएका थिए । श्रेष्तेदार वाग्लेले सहभागिहरुले उठाएको पहँुचवाला र पहुँचबाहिरको बिचको प्रश्नमा न्यून आए र गरिवीमा रहेकाहरुको लागि अदालतमा छुट्टै कानुनी सहायताको समेत व्यवस्था रहेको जानकारी गराए । अभिमुखिकरण कार्यक्रमका विच सहभागि बिद्यार्थीहरुले समाजमा अगुवा र अगुवाई गर्नेहरुले नै समानताको नीनिलाई व्यवहारमा लागु नगरेकोले पनि हिंसा बढ्दै गएको भन्दै अग्रभागमा रहेर काम गर्नेहरुमा नै पहिलो परिवर्तन हुनुपर्यो भन्दै आवाज उठाएका थिए । उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका शिक्षा शाखा, र नगरपालिकाको ४ वटा बिद्यालयका छात्रछात्रा, शिक्षक शिक्षिका, महिला अधिकारकर्र्मीहरुको सहभागिता रहेको थियो ।