इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो हिउँदे अधिवेशन सम्पन्न
पुस १०, नवलपुर (सिन्धुपाल्चोक ) । इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । शनिबार भएकाे सभाबाट ९ विद्येयक पारित भएको गाउँपालिकाले जनाएकाे छ ।
गाउँ सभामा चालू आर्थिक बर्ष २०७९÷०८० को अर्ध बार्षिक समिक्षा प्रगति प्रतिबेदन माथी छ्लफल हुनुका साथै नौ वटा बिद्येयक पारित भएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले पूर्वाधार विद्येयक २०७९, वन विद्येयक २०७९, बालबालिका विद्येयक २०७९, विपद ब्यबस्थापन ऐनको पहिलो संशोधन गर्न बनेको केही केही नेपाल कानुन संशोधन गर्न वनेको विद्येयक २०७९ पारित गरेकाे छ । त्यसैगरी पशुपंक्षि वधशाला २०७९, कृषि तथा पशुपंक्षि विद्येयक २०७९, जलस्रोत विद्येयक २०७९, नगर प्रहरी संचालन विद्येयक २०७९ र स्थानिय युवा परिषद विद्येयक २०७९ पारित गरेकाे गाउँपालिकाले जनाएकाे छ ।
विद्यायन समितिका संयोजक तथा इन्द्रावती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष बाबुराम लामाले यी ९ विद्येयक टेवुल गरेका थिए ।
त्यस्तै बिनियोजन ऐन २०७९ माथि दोस्रो संसोधन गर्न बनेको बिद्येयक २०७९ र आर्थिक ऐन २०७९ माथी दोस्रो संसोधन गर्न बनेको बिद्येयक २०७९ पनि पारित भएको छ । उक्त बिद्येयक उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष शोभना तामाङ प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, १२ वटै वडका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु लगायतको सहभागीतामा रहेको थियो ।
यसअघि गाउँ कार्यपालिका बाट १९ कार्यविधि समेत पास भइसकेको छ ।