बाह्रबिसे नगरपालिकाकाे अनाैठाे याेजना, भाेटे कुकुर संरक्षणका लागि १० लाख

पुस ९, बाह्रबिसे ( सिन्धुपाल्चोक ) । जताततै छाडा, भुस्या कुकुर फैलिएर वातावरण प्रदुषण बनिरहेकाे भन्दै नियन्त्रण गर्नुपर्ने अावाज उठिरहेकाे बेला सिन्धुपाल्चोकको एक नगपालिकालेे भने भाेटे कुकुरको संरक्षणमा जुटेकाे छ ।
हिमाली क्षेत्रमा बढी पालिने घरपालुवा भाेटे कुकुर लाेप हुन लागेकाे भन्दै गाउँपालिकाले नै बजेटकाे व्यवस्था गरेर भाेटे कुकुर संरक्षण गर्न लागिएकाे बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले सिन्धुज्वालालाई बताए ।
´भाेटे कुकुर लाेप हुन लागिसक्याे, अब यसकाे संरक्षण गर्नपर्छ भनेर बजेटकाे व्यवस्था गरेर सुरूवात गर्दैछाैं`, मेयर बस्नेतले भने । उनका अनुसार नगरपालिकाले यस आर्थिक बर्षकाे लागि भाेटे कुकुर संरक्षणका लागि १० लाख छुट्टयाएको छ । भाेटे कुकुर उत्पादन तथा विक्रीवितरण व्यवसायका लागि किसानले अनुदान स्वरूप १० लाख पाउनेछन् । एकै ठाउँमा नभई ठाउँ ठाउँमा समूह बनाएर अनुदान उपलब्ध गराउने मेयर बस्नेतकाे भनाई छ ।
प्राय लेकाली भेगतिर पाईने भाेटे कुकुर शाैखकाे लागि मात्र नभई बन्यजन्तु, चाेरी शिकारी लगाएतमा रेखदेख गर्नकाे लागि उपयाेगी हुने उनकाे तर्क छ । जनताकाे बालीनाली जंगली बँदेल तथा बाँदरले सखाप पारेकाे भन्दै त्यसकाे संरक्षणाकाे लागि भाेटे कुकुर उपयाेगी हुने देखेर याे जुक्ति अपनाईएकाे मेयर बस्नेतकाे भनाई छ । भाेटे कुकुरको संरक्षणले जनताकाे बालीनाली संरक्षण गर्न मद्दत पुग्ने उनकाे ठहर छ ।