डडुवामा बन्यो भव्य विद्यालय भवन, बिहिबार समुदायलाई हस्तान्तरण गरियो

पौष ८, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवामा भव्य र आर्कषक विद्यालय भवन निर्माण सम्पन्न भएको छ । डडुवामा रहेको श्री डडुवा भवानीशंकर माध्यामिक विद्यालयको भवन बिहिबार समुदायलाई हस्तान्तरण गरिएको हो ।

नवनिर्मित विद्यालय भवन समुदायलाई हस्तान्तरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा

नेपाल सरकार र एडिबिको आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन इकाइको विपद उत्थानशील विद्यालय परियोजनाको प्राविधिक सहयोग र समन्वयमा १६ कोठे भुकम्प प्रतिरोधी विद्यालय भवनको एक औपचारीक कार्यक्रमका बीच चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले विद्यालय भवन समुदायलाई हस्तान्तरण गरेका हुन् ।
नव निर्मित भवन हस्तान्तरण तथा उदघाटन पछिको समारोहलाई सम्बोधन गर्दै मेयर सापकोटाले शिक्षक, अभिभावक, विद्यार्थी र सरकारसंगै रहेर शैक्षिक गुणस्तर कायम गर्न प्रतिवद्ध रहेको बताए ।

त्यस्तै कार्यक्रममा १३ नम्बर वडाका अध्यक्ष एंव सामाजिक विकास समिति संयोजक राम प्रसाद गौतमले विद्यालयले सिकाई उपलब्धि वृद्धिमा सहयोग पुराउन विद्यार्थी र शिक्षकहरुको आचार संहिता लागु देखि दैनिक प्रशासकीय तथा शैक्षिक कार्यको लागी शिक्षकको कार्य विभाजन जस्ता विद्यालयको गतिविधिले शैक्षिक गुणस्तर उकासेको चर्चा गरे । लेखा परीक्षणमा अहिलेसम्म बेरुजु नदेखिएको विद्यालय भित्र डडुवा भवानीशंकर माध्यामिक विद्यालय पर्ने गरेको भन्दै शिक्षा समन्वय इकाई प्रमुख कृष्ण सुवेदीले प्रशंसा व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक बद्रि प्रसाद नेपालका अनुसार ६ करोड ८६ लाखमा भवन निमार्ण सम्पन्न भएको हो । विद्यालयलाई खेलमैदान र जग्गाको कमीलाई पूर्ती गर्न नजिकको साउने खोल्सामा ह्युम पाइप राखी फराकिलो बनाउने प्रयास गरीएको उनले बताए ।

विहीबारको भुकम्पबाट क्षतिग्रस्त यस विद्यालयको पुन निर्मित भवनको हस्तान्तरण तथा समुद्घाटन समारोह विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा १४ नम्बर वडाका अध्यक्ष उद्वव नेपालको अध्यक्षतामा सम्पन्न भएको हो । कक्षा १२ सम्म पठनपाठन हुने यो यो विद्यालयमा अहिले २ सय ६८ जना विद्याकी रहेका छन् ।