
बाह्रबिसे नगरपालिकामा शिक्षक र कर्मचारीलाई मात्रै २२ करोड

दिनेश दुलाल
पौष ७, बाह्रबिसे । बाह्रबिसे नगरपालिकाको यस आर्थिक वर्षको लागि शिक्षक र कर्मचारी मात्रैलाई २२ करोड खर्च हुने देखिएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को लागि केन्द्रीय सरकारसंघबाट प्राप्त गरेको अन्ुदान ३७ करोड ७२ लाख आएकोमा पालिलका भरीका शिक्षकको तलब तथा कर्मचारी तलब तथा जनप्रतितिनिधिलाई भत्ता समेत गरेर २२ करोड रहेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले सिन्धुज्वालालाई बताए । उनका अनुसार पालिका भित्रका कर्मचारीको तलब÷भत्ताको लागि १५ करोड र पालिका भित्र कर्मचारी तलब तथा जनप्रतिनिधको भत्ता समेत गरी ७ करोड हुन आएको हो ।
बाँकी १५ करोडमा ७० लाख दमकल खरिदको लागि तथा ७० लाख कृषि क्षेत्रको लागि छुट्टाईएको मेयर बस्नेतले जानकारी दिए ।
त्यसैगरी सबभन्दा ठूलो रकम सडकमा ५ करोड, १२ कक्षा सम्म विद्यालयलाई शैक्षिक सामाग्री तथा शिक्षक अनुदानको लागि २ करोड ६० लाख, भोटे ककुर संरक्षणको लागि १० लाख छुट्टाईएको मेयर बस्नेतले बताए ।
यस्तै नगरपालिकाले खानेपानी, सनकोशी घाट निर्माण, गुम्बा तथा बाह्रबिसे बजार व्यवस्थापनको लागि रकम छुट्टाईएकोृ उनले बताए । संघबाट प्राप्त कुल अनुदानको आधा रकम शिक्षक र कर्मचारीको अनुदानमा मात्र खर्च भएपछि विकास बजेट कम भएको मेयर बस्नेतको भनाई छ ।