प्याब्सन सिन्धुपाल्चोकको सप्ताहव्यापी खेल प्रतियोगिता सम्पन्न, उपाधि याङ्ग्रीमालाई
पौष २, लामोसाँघु । निजी बिद्यालयहरुको छाता संगठन प्याब्सन सिन्धुपाल्चोकको खेलकुद सप्ताह २०७९ सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि याङ्ग्रीमा आवासीय बिद्यालय हेलम्बुले हात पारेको छ । यसरी हात पारेको उपाधि फुटवल खेलको हो ।
पौष २ शनिवार लामोसाँघु स्थित बसन्तपुर खेलमैदानमा सम्पन्न खेलमा दोस्रो प्रगती बोर्डिङ स्कुल भएको छ । प्याब्सन सिन्धुपाल्चोकको आयोजना र जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको प्राबिधिक सहयोगमा सञ्चालन भएको खेल उत्सवमा जिल्लाका डेढ दर्जन भन्दा बढी संस्थागत बिद्यालयहरुको सहभागीता रहेको थियो । प्याब्सन जिल्ला अध्यक्ष ओमप्रकाश उप्रेतीका अनुसार खेलकुद सप्ताहमा ओपन ब्वाइज फुटबल, ओपन गर्ल्स भलिबल, जुनियर ब्वाइज फुटबल र एथलेटिक्सका खेलहरु भएको थियो ।
खेल समापन कार्यक्रमको प्रतिनिधी सभा सदस्य माधव सापकोटा सुबोधको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै सापकोटाले निरन्तरतामा क्रमभंग गर्दै सवैले अनुभूती गर्ने गरि विकासको काम गर्ने बचन दिए । सापकोटाको अनुसार लामोसाँघुको खेलमैदानको तत्काल डिपीआर गरि मिनि रंगशाला बनाएर देशकै खेलकुद केन्द्र बनाउने प्रतिबद्धता जनाए । उनले प्याब्सन सिन्धुपाल्चोकले सह्रानीय काम गरेको भन्दै हार्दीक आभार सममेत ब्यक्त गरे ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथी बाग्मती प्रदेशश सभा सदस्य सरल सहयात्री पौडेलले प्याव्सन सिन्धुले सवै खेलहरुको समायोजन गरि सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । बशन्पुरमा मिनी रंगशाला बनाउनेमा चुनावी प्रतिबद्धता भित्र नै परेकोले उच्च प्राथामिकतामा राखी जसरी पनि निर्माण गरि छाड्ने संकल्प गरेका थिए ।
प्रतियोगीताको भलिबलमा प्रगती बोर्डिङ प्रथम, केतु बोर्डिङ स्कुल द्धीतीय, मेलम्ची सामुदायिक बोर्डिङ स्कुल तृतीय र जुगलबोर्डिङ स्कुल चतुर्थ भएका छन् । प्रतिगोगितामा विजेताहरुलाई मेडल ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।