मोटरसाईकल चोरी अभियोगमा प्रहरीद्धारा ३ पक्राउ

निर्मल बस्नेत
२०७९ पौष ४, चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बाईक चोरी गरिएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको चौरीदेउराली गाउँपालिकाण्ज्ञछ–७ वाङथली बस्ने वर्ष २४ को पेम्बा लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने वर्ष २१ को लोकेन्द्र पाख्रिनलाई मोटरसाईकल संगै पक्राउ गरेको हो ।

मोटरसाईकल चोरीका विषमा जिल्लाका सञ्चारकर्मीहरुसंग पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक

राजधानीको विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी सिन्धुपाल्चोक जिल्लामा बिक्रीवितरण भईरहेको भन्ने सुचनाको आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न गिरोहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी शिव कुमार वुढाथोकीले बताए । ४ लाख मूल्य पर्ने मोटरसाईकल चोरी गरि ३० हजार सम्ममा बिक्रि गर्ने गरेको तथ्य भेटिएको प्रहरी नायव उपरीक्षक वुढाथोकीले बताए । मंसिर १६ गते बेलुका काभ्रेको बनेपा नगरपालिका १३ बस्ने वर्ष ३३ को रिनेश खड्गीको बागमती प्रदेश ०२–०२८ प ८३०६ नं. को २२० सि.सि.को सेतो रातो कलरको मोटरसाईकल भक्तपुर जिल्ला बोडे स्थित डेरा अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको थियो ।
उक्त चोरी भएको भनिएको मोटरसाईकल खोजतलासको क्रममा मंसिर २१ गते सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ०३ कालिकावेशी बस्ने वर्ष २७ को प्रकाश पहरीको घरको घेराबारभित्र भेटिएको भनिएको छ । प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको हो । अनुसन्धानमा खटीएको प्रहरी टोलीले पौष ३ गते काभ्रेको पाचखाल नगरपालिका –४ जिरो किलो भन्ने स्थानबाट मोटरसाईकल चोरी गर्ने हरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए । बागमती प्रदेश प १६५१ नंम्बरको २२० सि.सि. को निलो कालो कलरको बजाज कम्पनिको मोटरसाईकल र बागमती प्रदेश ०२–०३४ प ८५९९ नम्बरको २२० सि.सि. को कालो रातो कलरको बजाज कम्पनिको मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरीएको भनिएको छ । चोरीमा संलग्नहरुले बिक्रि गर्ने उद्देश्यले काभ्रेको व्यस्त शहर बनेपा हुदै आएको अवस्थामा मोटरसाईकल सहित जिरोकिलोमा उनिहरु पक्राउ परेका हुन् ।

चोरीमा संलग्नहरुलाई कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईएको र थप अनुसन्धानको लागि म्याद थप गरिएकोे प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यस आ.व. मा मात्रै २२ वटा अपराधको घट्नामा संलग्नलाई पक्राउ गरि कारवाही गरिएको जनाएको छ । चारीमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकले पत्रकार सम्मेलन मार्फत मोटरसाइकलसहित ३ जनालाई सार्वजनिक गरेको हो ।