
जिल्ला स्तरीय माध्यमिक तहकाे विज्ञान प्रर्दशनी कार्यक्रम सम्पन्न

पाैष २, चाैतारा । जिल्ला स्तरीय माध्यमिक तहकाे विज्ञान प्रर्दशनी कार्यक्रम श्रीकृष्ण रत्न गंगा मावि चाैतारामा सम्पन्न भएकाे छ । शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चाेककाे अायाेजनामा शुक्रबार उक्त कार्यक्रम भएकाे हाे । शिक्षा विकास निर्देशनालय, हेटौंडाकाे आर्थिक सहयोग र शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोककाे आयोजनामा जिल्ला स्तरीय माध्यमिक तहकाे “विज्ञान प्रदर्शनी २०७९ ” भव्यता पूर्वक सम्पन्न भएकाे शिक्षक कृष्ण पराजुलीले जानकारी दिए । उनका अनुसार उक्त प्रर्दशनीमा प्रथम सेतीदेवी मावि बलेफी-४ गहते भएकाे छ । बलेफी भित्र प्रतिस्पर्धा हुँदा पनि बलेफी प्रथम भएको थियो भने जिल्ला स्तरीय प्रदर्शनमा पनि प्रथम भएको हाे ।
त्यसैगरी द्वितीय सिद्धिगणेश मावि, सानोसिरूवारी, तृतीय महेन्द्र प्रताप मावि धुस्कुन र सान्त्वना झिर्पु मावि झिर्पु मावि भएकाे छ ।
प्रथम हुने विद्यालय सेतीदेबि मावि बलेफि -४ गहतेले बागमती प्रदेशको १३ वटा जिल्ला संग अब प्रतिस्पर्धा गर्नु पर्ने छ ।