५ नम्बर वडा कार्यालय भवन उदघाटन
पाैष १, चाैतारा । चाैतारा साँगाेचाेकगढी नगरपालिका वडा नम्बर ५ काे नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
नगरप्रमुख कृष्णप्रसाद सापकोटाले शुक्रबार एक कार्यक्रमका बिच भवन उद्घाटन गरेका हुन् । भवन् उद्घाटन पछिकाे कार्यक्रममा मेयर सापकोटाले सवैकाे आवश्यकतालाई मध्यनजर गरि सेवाप्रवाहमा जाेड दिन वडाका जनप्रतिनिधिहरुलाई आग्रह गरे । 
नयाँ भवनमा नयाँपनसहित सेवा दिने वडाध्यक्ष सिव श्रेष्ठले उद्घाेष गरे । कार्यक्रममा उपप्रमुख सिता थापा,प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा कार्यालयका जनप्रतिनिधि, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरू लगाएतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम शुक्रबार बिहान गरिएकाे हाे ।

