
पर्यटन प्रर्वद्वनका लागि सुकुटेमा बृहत छलफल, कागजमा भन्दा कार्यान्वयन गर्न जोड

दिनेश दुलाल
पौष १, सुकुटे (सिन्धुपाल्चोक) । ‘पर्यटकीय हब’ मानिएको सिन्धुपाल्चोकको सुकुटेलाई थप पर्यटन प्रर्वद्वनको लागि सरोकारवालाहरु बीच शुक्रबार एक बृहत छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सुकुटेको भोटेकोशी बीच रिसोर्टमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मी लगाएतको सहभागितामा अन्र्तक्रिया कार्यक्रम भएको हो ।
राजधानीबाट नजिक पर्यटनको गन्तव्य सुकुटेको समग्र विकास र व्यवस्थापनको सवालमा निकै महत्वपूर्ण मानिएको अन्र्तक्रिया कार्यक्रमले सुकुटे महोत्सवको समेत समिक्षा गरेको नगरपालिकाले जनाएको छ । सुकुटे महोत्सव भएको ३३ महिना पछि चौतारा साँगाचोकगढी नगरपालिकाको पहल तथा व्यवसायीहरुको समन्वयमा भएको अन्र्तक्रिया कार्याक्रममा सरोकारवालाहरुले कार्यान्वयनमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुवोध’ ले सुकुटे क्षेत्रलाई पर्यटन प्रर्वद्वनका लागि बृहत खालको योजना बनाएर लागु गर्न पर्ने धारणा राखे । सुकुटेमा बजारलाई सौन्दर्यमा रुपान्तरण साथसाथै कृषि संकलन केन्द्र स्थापना गरेर मुढे तथा गुम्बाको आलु लगाएत स्थानीय उत्पादन विक्री केन्द्र स्थपनामा जोड दिए । सुकुटेमा सेमिनार हलको आवश्यकता औंल्याउँदै सांसद सापकोटाले सुकुटेमा चौविसै घण्टा होटलहरु खुल्छन् भन्ने सन्देश लैजान पर्नेमा जोड दिए । यस्तै उनले कपिलेश्वर प्रोजेक्ट निर्माण लगएत तत्कालका लागि साना मझौला प्रकारका योजना आवश्यकता रहेको औंल्याए ।
यस्तै कार्यक्रमका विशेष अतिथी प्रतिनिधिसभा १ (ख) का प्रदेश सांसद सरलसहयात्री पौडेलले सपना भन्दा कार्ययोजनामा जान जोड दिए । ‘सुकेटेलाई गर्न चाहेको के हो ?’, बागमति प्रदेश सांसद पौडेलले जिज्ञासा राखे । पर्यटनको डिपिआर गर्न आवश्यक रहेको औंल्याउँदै सांसद पौडेलले हिउँदको पर्यावरण कसरी बचाउने भनेर सबै लाग्न पर्नेमा जोड दिए यस्तै बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले सुकुटे क्षेत्रमा फोहोर व्यवस्थापनको चुनौति रहेको उल्लेख गर्दै सुनकोशी नदिमा ढल र बंगुरको लेदो फ्याक्ने समस्या अझै हटाउन नसकेको खुलासा गरे ।
त्यस्तै १० नम्बर वडाअध्यक्ष विमल श्रेष्ठले होटल व्यवसायको लागि ओजिटी गर्ने ठाउँको विकास गर्न आवश्यक रहेको औल्याए ।
कार्यक्रममा रिसोर्ट व्यवसायी महेन्द्रसिं थापाले मिटिङ गरेर कार्यान्वयन भएन भने त्यसको अर्थ नहुने भन्दै नगरपालिकाको अनुगमन कसरी गर्छ भन्नेमा निर्भर रहने धारणा राखे । पर्यटन व्यवसायीको सुरक्षा गर्न आवश्यक रहेको उनले औंल्याए । यस्तै सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठले सुकुटे महोत्सवमा घोषणा गरेको १० वुँदे घोषणापत्र कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
सुकुटेमा शित गृह निर्माण, संकलन केन्द्र निर्माण, ¥याफ्टिङ स्कुल तथा पर्यटन सम्बन्धी स्कुल निर्माण, वाईफाई निशुल्क, सार्वजनिक शौचालय निर्माण तथा होम स्टेको अवधारणा आवश्यक रहेको अन्य वक्ताहरुले जोड दिए ।
कार्यक्रमका सभापति चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पर्यटन प्रवद्वनको लागि सुकुटेलाई नगरपालिकाले विशेष प्राथमिकता राखेको बताए । आगमी बर्ष नगरपािलकाले कृषि एम्बुलेन्स खरिद गरेर निश्चित ठाउँहरुमा पु¥याएर दुग्ध संकलन तथा वितरण केन्द्र निर्माण गर्न लागिएको जानकारी दिंदै नगर प्रमुख सापकोटाले नगरले सडक बत्ती र सिसिटिभि राख्ने कार्यक्रम तत्काल गरिने समेत उदघोष गरे । मेयर सापकोटाले तिन कोरोडको लागतमा निश्चित विद्यालयमा अप्टिकल फाईबर जोडिन लागेको समेत जानकारी दिए ।
यसैबीच अन्र्तक्रियाको कार्यक्रमले निश्कर्षलाई कार्यान्वयन गर्न नगर तथा व्यवसायबीच सात सदस्यीय कार्यदल गठन गरेको छ । साथै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मार्फत सम्पादन गरिने योजनाहरुको कार्यविभाजन समेत गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रम नगर सदस्य गणेश विकले गरेका थिए । उनले छलफलका लागि प्रारम्भिक आधारपत्र समेत प्रस्तुत गरेका थिए ।