काभ्रे जिल्लाको बेथानचोकमा बस दुर्घटना, अहिले सम्म १६ जनाको शब प्राप्त

मंसिर २७, धुलिखेल । काभ्रे जिल्लाको बेथानचोकमा बस दुर्घटनामा परी १६ जनाको ज्यान गएको छ । बेथानचोक–५ बाट काठमाडौं फर्कदै गर्दा साँझ ६ः३० बजे बा ३ ख ४३८५ नम्बरको बस दुघना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटनास्थलबाट अहिले सम्म १६ जनाको शब प्राप्त भएको छ । प्रहरीका अनुसार अन्दाजी ३५ जना सबार रहेको उक्त बस छेवार कार्यक्रमबाट फर्किदै गर्दा बेथानचोक–४ गणेश स्थानमा बस दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घनाबाट २० जना घाईते भएका छन् ।

घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेपनि मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उद्वारको लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय लागे पनि एकिन विवरण यो समाचार तयार गर्दा समेत प्राप्त हुन सकेको छैन ।