जिल्ला प्रशासन कार्यालयको हेलचेक्राईले सेवाग्राही सास्तीमा

दिनेश दुलाल
मंसिर २६, चौतारा । जुगल गाउँपालिका गुम्बाका डोन्डुप तामाङ आफ्नी छोरीको नागरिकता बनाईदिन आईतबार १० बजे अगवै जिल्ला प्रशासन कार्यालय पुगे । अघिल्लो दिनमै चौतारा आएर बसेका तामाङ जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्दा त्याहाँ भिड भईसकेको थियो । जब उनको छेरीको नागरिकता बनाउने पालो आउँदै थियो त्यतिबेलै बत्ती गयो । बत्ती पनि ३ घण्टा जाँदा काम नै रोकियो । बत्ती गएपछि कर्मचारी समेत घाम ताप्न निस्के । राहदानी र नागरिकता बनाउन आएका सयौंको भिड अलपत्र बने ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेक, चाैतारामा नागरिकता बनाउन अाएका सेवनग्राहीकाे भिड

३ बजे मात्रै बत्ती आएर नागरिकता बनाउँदा डन्डुप घर फर्किन भने सकेनन् चौतारामै बास बस्न प¥यो । उनको गुम्बाबाट चौतारा सम्म आईपुग्दा १० हजार रित्तियो । डन्डुपको जस्तै पिडा सयौं नागरिकले भागिरहेका छन् । जिल्ला प्रशासन कार्यालयको छतभरी सोलारै सोलार जडित छ तर तल नागरिकता फाँटमा बत्ती जाँदा भने सोलारको काम छैन् । नागरिकता बनाउन आएका जिल्लाका दुर्गम देखिका सेवाग्राही घण्टौ कुर्नु परेको छ । यो समस्या जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको हो । जिल्ला प्रशासन कार्यालयले वैकल्पिक उर्जाको व्यवस्था नगर्दा सयौं नागरिकले सास्ती व्यहोर्नु परेको भन्दै सेवा लिन आएका सेवाग्राहीहरुले आक्राेस पोखे ।‘हाम्रो समस्या र पिडालाई कस्ले बुझ्छ ?’ बाह्रबिसे नगरपालिका–६ का भिमबहादुर तामाङले आक्रोस पोख्दै भने । जिल्ला प्रशासन कार्यालयको हेलचेक्राई भएको सेवाग्राहीको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भने यो समस्या आईतबार मात्रै भएको प्रतिक्रिया दिएको छ । ‘कहिल्यै पनि समस्या आउँदैन्थ्यो । आज मात्रै तिनीहरुले मर्मत गर्न थालेकाले यस्तो भएको हो’, जिल्ला प्रशासन कार्यालयका सायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ भने ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा पहिला व्याकप भएपनि व्याकपको व्याट्री काम नलाएने भएपछि कार्यालयले प्रयोग नै गरेको छैन् । ‘गृहमन्त्रालयमा पटक–पटक मागेको छौं, हुन्छ हुन्छ भन्छन् तर दिंदैनन्’, सायक प्रजिअ श्रेष्ठले भने । उनका अनुसार पुरानो खालको एउटा व्याकप भएपनि पासपोर्ट शाखामा छ तर तर कम क्षमताको भएको कारणले त्यसले धान्न नसकेको उनी बताउँछन् । राष्ट्रिय परिचयपत्र बनाउँदा ल्याएको व्याकपको पनि व्याट्री गएपछि काम नगरेको उनले सुनाए । ३ घण्टा सम्म बत्ती जाँदा जनताले दुःख पाएको उनले स्विकार गरे । उक्त व्याकप निर्माण गर्न स्थानीय वा केन्द्र सरकारको लागि ठूलो बजेट नभएपनि जिल्ला प्रशासन कार्यालयका लागि भने ठूलो भएको उनको भनाई छ । निरिक्षण गर्न आउँदा उक्त समस्याको बारेमा जानकारी गराईएपनि दिन्छौं भनेर गृहमन्त्रालयले भने पनि अहिले सम्म उपलब्ध हुन नसकेको सायक प्रजिअ श्रेष्ठले स्पष्ट पारे ।

उनका अनुसार सोलारको व्याकपको व्याट्री किन्न ५÷६ लाख पर्छ । तर आवश्यक पर्ने व्याकप जिल्ला प्रशासन कार्यालयले राख्ने भन्दा पनि मन्त्रालयले किनेर पठाउने परिपाटी छ । पहिला मन्त्रालयले नै किनेर पठाएको उनले सुनाए । । जिल्ला प्रशासन कार्यालयमा सेवा विस्तार मात्रै हुने तर जनशक्ति र स्रोत साधन उपलब्ध नहुने समस्या भएको उनको भनाई छ । सायक प्रजिअ श्रेष्ठका अनुसार अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पासपोर्ट र नागरिकता बनाउन आउने सेवाग्राही दैनिक २ देखी ३ सय सम्म आउँछन् । कार्यालयले सेवा ४ सय सम्म दिंदै आएको उनले बताए ।