आधुनिक जमानाका ‘कसाईहरु’ दयालु हुन्छन्

–सिन्धुसिरुवारे

‘कसाईहरु’ स्वभावैले निर्मम हुनपर्ने हो
तिनका पेशाले कठोर हुनपर्ने हो
तर आधुनिक जमानाका ‘कसाईहरु’ दयालु हुन्छन्
तिनीहरुसंग कोमलो मन हुन्छ
तिनीहरुको भावना तेजस्बी हुन्छ
तब त तिनीहरु सिकारको बध गर्नु अघि
असाध्यै आत्मिएता देखाउँछन्
मन÷भावना पगालेर लपक्कै टाँसिन्छन्
सुमसुम्याउँछन, चुप्प मुई समेत खान्छन्
मानिलिउँ,
तिनको जस्तो दया, माया र करुणा
मानवजातीमा कसैको छैन
तिनको जस्तो दिलको खानी
कुनै प्राणीजगतमा छैन ।
त्यसैले त आधुनिक जमानाका ‘कसाईहरु’
शिकारको वध गर्नुअघि
गहभरी आँशु निकालेर
रोईकराई गर्छन्÷अलपाविलाप गर्छन्
असाध्यै घात गरेर रुन्छन्
रेट्दा रेट्दै रुन्छन्
र रुदाँ रुदै रेट्छन्
फेरी रेटि सकेर पनि रुन्छन् ।
अहो ! यो कस्तो विचित्र ?
‘कसाई’ मा पलाएको भावना
‘कसाई’ मा पलाएको दया
रुँदारुँदै रेटिनुपर्ने
र रेटिँदा रेटिदै रुनपर्ने
यो कस्तो विडम्बना ?
यो कस्तो मानवता ?
यसकारण
आधुनिक जमानाका कसाईहरु दयालु हुन्छन् ।