
सिन्धुपाल्चोकमा समानुपातिक तर्फ एमाले पहिलो पार्टी

मंसिर १६
चौतारा । मंसिर ४ को निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनबाट क्लिन स्वीप भएको सिन्धु एमाले समानुपातिकमा भने पहिलो पार्टी भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले दिएको मत परिणामको तथ्याङ्क अनुसार समानसुपातिकको प्रतिनिधिसभा तर्फ एमालेले १ नम्बर क्षेत्रमा २२०७४ र २ मा २३९९५गरी कुल मत ४६,०६९ प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४८,६७५ प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा प्रतिनिधिसभा तर्फ कांग्रेसले १ नम्बर क्षेत्रमा २७२५० र २ मा २०,७०६ गरी कुल ३७,८५६ र प्रदेशतर्फ ३८,४१० मत प्राप्त गरेको छ ।
यसैगरी तेस्रोमा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ १ नम्बर क्षेत्रमा १४८८५ र २ मा १५,५५६ गरी कुल ३०,४४१ मत प्राप्त गरेको छ । यसैगरी चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा तर्फ कुल १०५२० प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले कुल प्रतिनिधिसभा तर्फ १०,१०६ मत प्राप्त गरेको छ । एकिकृत समाजवादीले भने सिन्धुपाल्चोकमा प्रतिनिधिसभा तर्फ कुल १,७०० र प्रदेशसभा तर्फ २,५८३ मत प्राप्त गरेको छ ।