
माओवादी केन्द्र अब सुध्रिने की पतन हुने ?

माओवादी कमजोर हुँदै जानुमा यि हुन् मुख्य ६ कारण

अहिले पनि मुलुक माओवादीकै एजेण्डामा चलिरेको छ । साथै देशको राजनीति प्रचण्डकै वरीपरी घुमिरहेको छ भन्दा अतियुक्त नहोला । माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष प्रचण्डले चाहे भने राजनीति समिकरण जस्तो पनि बन्न सक्छ भन्ने आम जनतामा समेत छाप परिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एउटा अजय शक्ति, चतुर राजनैतिक खेलाडि वा नायक देख्नु सामन्य कुरा होईन । अहिले पनि उनको साख नेपाली मनहरुमा कायमै छ । तर माओवादी केन्द्र भने क्रमशः खिईदै गएको छ । २०६४ देखी २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव सम्म आउँदा मओवादीमा जुन खालको क्षयिकरण हुँदै गएको छ । यसले माओवादी विचारसंग नजिक हुनेहरुलाई गम्भिर चिन्ता र सोचमग्न बनाएको छ । माओवादी केन्द्र अबको दशकमा पतन हुने त होईन ? भन्ने गम्भिर प्रश्न उब्जिएको छ । माओवादी क्रमशः क्षयिकरण हुने के कारण रह्यो यसको सुश्म अध्यायन र विश्लेष्ण गर्न जरुरी छ ।
दशवर्षे जनयुद्व र २०६२÷०६३ सालमा भएको ऐतिहासिक दोस्रो जनआन्दोलनले दुईसय चालीस वर्ष पुरानो विरासत बोकेको सामन्तवादको मूल नाइके राजतन्त्रलाई उन्मूलन ग¥यो यसको पहिलो कारक तत्व माओवादी नै थियो । शाहवंशीय शासनको अन्त्य गर्ने अरु भरपर्दा सहयात्रीहरू भएपनि कांग्रेस र माओवादी प्रमुख कारक बने । सोही आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकापश्चात् माओवादी जनताबाट विश्वास आर्जन गर्न सफल भयो । एक दशक लामो सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी)को संसदमा सबैभन्दा ठूलो दलको रूपमा उदय भयो । त्यस ऐतिहासिक जितसँगै उसले एकल बहुमतको सरकार गठन ग¥यो । सम्भवतः विजयीको परिघटनाले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक हुँदैगर्दा वामपन्थीहरूमा नयाँ ऊर्जामात्रै भरेन कि माओवादी आन्दोलनलाई मसिनो गरी अध्ययन गर्नेहरूका लागि आश्चर्यचकित नै तुल्याइदियो।
त्यसपश्चात् संसदीय राजनीतिमा माओवादीको उचाइ बढ्दै गयो । तब उनीहरूका लागि सत्ता, शक्ति, सम्मान र आर्थिक उपार्जनका सन्दर्भमा चौतर्फी अवसरका ढोकाहरू खुल्दै गए । तर प्रचण्ड नेतृत्वको सरकारले जनताको माओवादीमाथिको विश्वास, शक्ति र ल्याकतको परीक्षणलाई गम्भीरतापूर्वक लिन सकेन । सेनापतिको प्रकरणले नौमहिनामै सरकार नै ढल्न पुग्यो ।
उसोत पहिलो संविधानसभामा रहेका प्रचण्डका राजनीतिक गुरु मोहन वैद्यले संविधानसभाबाट दिएको राजीनामासँगै माओवादीभित्र पुनः विचारको द्वन्द्वले जोडतोडका साथ प्रवेश पायो । खासमा संविधान निर्माणको क्रममा गरिब तथा उत्पीडित जनताका मुद्दामा मूल नेतृत्व र पार्टी दृढतापूर्वक उभिन सक्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका थिए ।
जनयुद्धको मर्मविपरीत माओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणका बखत पूजीँपतिहरूको स्वार्थमा सम्झौता गरेको भन्दै मूल नेतृत्वप्रति कटाक्ष गर्दै पार्टीभित्रैका क्रान्तिकारी धारका नेताहरू र ठूलो संख्यामा जुझारु कार्यकर्ता पंक्ति तितरवितर हुनेक्रम बढ्दै गयो । उसैगरी माओवादीप्रति भरोसा गर्दै आएका बहुसंख्यक उत्पीडित तथा गरिब वर्गले पार्टीसँग सम्बन्ध विच्छेद गर्दै गए । परिणामतः दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी सिट संख्याका हिसाबले पहिलोबाट तेस्रोमा झ¥यो । उक्त लज्जास्पद हारपश्चात् पनि माओवादी पार्टीभित्र गम्भिर समिक्षा सहितको बहस भएन, उल्टै यसको कारकतत्व देशी विदेशी ‘प्रतिक्रियावादी’को थाप्लेमा हालेर पार्टी नेतृत्व पन्छियो ।
पहिलो संविधानसभामा गरिब, उत्पीडित र सर्वहारावर्गका मुद्दाहरूमा सम्झौता गरिसकेको माओवादीले दोस्रोपटकको संविधानसभामा जनपक्षीय संविधानका निम्ति निकै चुनौतिपूर्ण र जनताको लागि अपत्यारिलो बन्यो । २०६३ सालमा अन्तरिम संविधानको निर्माण र संविधानसभाको निर्वाचन गराउने प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारमा सामेल भएसँगै माओवादी सत्तास्वादमा त्यतिबेलै भुलेको भन्ने विपक्षीको आरोपलाई माओवादी नेतृत्वले व्यवहारिक रुपमा खण्डन गर्न सकेको छैन ।
२०७४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पछि बनेको नेकपाको गठनपश्चात् प्रचण्ड र ओलीको बढ्दो महत्वाकांक्षा मुखरित हुँदैजाँदा नेकपा नै विघठन हुन पुग्यो । तत्कालिन प्रधानमन्त्री ओलिले संविधानमै नभएको अधिकार प्रयोग गरेर दुई दुई पटक संसद नै विघटन गर्न पुगे । यसले देश झन्नै दुर्घटनातिर उन्मुख गरायो । एकातिर संविधानविरोधी शक्ति भनिएको एमाले र अर्कोतिर संविधानको रक्षक भनिएका कांग्रेस, माओवादी लगाएत पाँच दलीय गठबन्धन बन्यो ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेका देउवासंग साँठगाँठ गरेका दाहाल र माधव नेपालहरूले विघठित संसदलाई त जोगाउन सके तर राष्ट्रिय तहमै व्यापक विवादित एमसिसीजस्तो अमेरिकी परियोजना विफल बनाउन सकेनन् । यहिनै माओवादीको लागि सबैभन्दा ठूलो क्षयिकरण हुने कारण बन्यो । २०७९ को प्रदेश तथा प्रतिनिधिसभा चुनावमा माओवादीले पराजय भोग्नुको एउटा कारण यो पनि हो ।
त्यसैगरी नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ मा वैवाहिक नागरिकता प्रदान गर्ने सम्बन्धमा माओवादीले विगतमा ७ वर्षे अवधि कायम गरिनुपर्ने अडान छाडेर कांग्रेसको ईसारामा चलेकाले पनि माओवादीलाई जनताले तिरस्कार गरेको अनुमान गर्न सकिन्छ ।
कुनै पनि कुराको विकास वा विनासका पछाडि आन्तरिक कारण प्रधान र बाह्य कारण गौण हुन्छ । माओवादीको क्षयिकरण पनि बाह्यभन्दा आफ्नै कारणले भएको कुरा कुनै दुविधा छैन ।
२०६४ सालको संबिधान सभाको निर्बाचनमा सबैभन्दा ठुलो पार्टी बनेको माओबादी २०७९ साल सम्म आईपुग्दा नराम्रोसंग पराजित हुनको मुख्य कारण संक्षिप्तमा यसरी विश्लेष्ण गर्न सकिन्छ ।
१. पार्टी बिभाजन
दशकौंको साहसिक र रक्तरञ्जित इतिहास बोकेको पार्टी शान्ति प्रक्रियामा आएपछि एकल केन्द्रिकृत नेतृत्व र केन्द्रियतामा चलेको पार्टीलाई बहुपदीय नेतृत्व मानेर जाने निर्णय भएपश्चात पार्टीभित्र बिभिन्नखाले गुट उपगुटहरु निर्माण हुन थाले । पार्टी एकिकरणको नाममा जस लिन र फाईदाको लागि माओवादी बन्नेहरु अघि जाने र जनयुद्ध लडेर आएका नेता कार्यकर्ताहरु पछाडि पर्दै जान थाले । पार्टीलाइन संघर्षको नाममा पार्टीको नेतृत्वप्रति बिभिन्न तरिकाबाट आक्रमण गर्ने प्रवृत्ति तल्लो पार्टीको तल्लोतहको कार्यकर्ताहरुसम्म पुग्यो । पार्टी नेतृत्वले लाईन संघर्षलाई ब्यवस्थापन गर्न सकेन र पार्टी बिभाजन हुन पुग्यो । पार्टीको एउटा सशक्त धार जो जनयुद्ध लडेर आएको थियो त्यो धारको बहिर्गमनले पार्टीलाई धेरै कमजोर बनाईदियो । बिभाजित अवस्थामा पार्टी निर्वाचनमा होमियो र नराम्रोसँग पराजित हुन पुग्यो । पार्टी छोडेर गएका नेताहरुले घोषित रुपमै पुरानो पार्टीलाई हराउने अभियान चलाए । त्यसको फलस्वरुप पार्टीको उपस्थिति ज्यादै कमजोर हुन पुग्यो । अहिले स्थानिय चुनावसम्म आईपुग्दा पार्टी ५ टुक्रामा बिभाजित छ, त्यसरी नै कार्यकर्ता बिभाजित छन् । आफ्नो भबिष्य देखिरहेका हिजो युद्ध तथा मोर्चामा संगै लडेका नेता कार्यकर्ताहरु बिभाजित गराएर माओवादी आन्दोलन र जनयुद्ध लडेको पार्टी कमजोर बन्दै गएपछि निर्वाचनका मोर्चाहरुमा पराजय हुँदै गएको देखियो ।
२. सहर केन्द्रित र बिलासी नेतृत्व
यो वा त्यो बहानामा माओवादी नेताहरु सहर केन्द्रित हुन पुगे । जंगल र जनताका छाप्रोमा जीबन गुजारेका नेता कार्यकर्ता सहर पसेपछि सहरको हावाले छोयो र गाउँ पुरै बिर्सिन थाले । नेताहरुले सहरको सपना देखे, ठुला ठुला महलहरुका सपना देखे, अनि आफ्नै सपना पुरा गर्नतिर लागे । नेताहरुले हिजो जनतालाई देखाएका सपनाहरु बिर्सिए, अनि समाजका कथित ठेकेदारहरु संगै र आफ्नो सपनाहरु पुरा गर्नतिर लागे । सहरको त्यो पूँजीपति र बर्ग सामन्तीहरुको समुहले यो या त्यो लय र लिपी अपनाएर माओवादी नेताहरुलाई पनि आफु जस्तै र आफु संगै उभ्याउन सफल भयो । यो बिचलन र हिजोको आफ्नो नारा कुनै तरिकाको क्रान्तिको निरन्तरता थियो ? शायद नेताहरुलाई थाहा होला । मुखले हामी सबैभन्दा पृथक छौं भन्ने तर ब्यवहारमा पुरानै समाजका ठेकेदारहरु जस्ता भयौं । जसको कारण जनताले विश्वास गर्न छाडे र पार्टी हार्दै गयो । पार्टीले सर्बहारा क्रान्तिको नारा कता कता छोडेको जस्तो देखिन थाल्यो । बिरोधीहरुले त्यहिअनुसार आक्रमण गरे । माओबादीसंग थियो त केवल जिर्ण संगठनमात्र । जुन पटक पटकको बिभाजित मानसिकताबाट शिथिल थियो । पार्टीले त्यसको प्रतिरक्षा गर्न सकेन र माओबादी पराजित हुँदैगयो ।
३. कार्यकर्ता पलायन
पार्टी सफल हुने भनेको उसको संगठन र संगठित कार्यकर्ताले हो । जुन कुनै पार्टीले पनि आधार भनेको कार्यकर्ता नै हो । २०६४ र २०६५ मा लाखौंको संख्यामा संगठित वाइसिएल, मजदूर र बिभिन्न जनवर्गिय संगठनहरुको कार्यकर्ताहरुलाई जिबिकोपार्जनको कुनै बाटो न पार्टीले गराउन सक्यो न उनिहरु आफै गर्न सके । जो हिजो पार्टी बनाउन र युद्धका कठिन मोडमा पनि बिचलित थिएनन् । तिनिहरुलाई पार्टीले संरक्षण गर्न सकेनन् । फलस्वरुप कार्यकर्ताहरुमा शिथिलता पैदा भयो र आफ्नो जीबन धान्ने गतिलो आधार देशमा नदेखेपछि कार्यकर्ताहरुको ठुलो संख्या बिदेशिए र पार्टी संगठन कमजोर हुँदैगयो । हिजो युद्व लडेकै कति जनमुक्ति सेनाका कमाण्डर युवाहरु आज खाडी मुलुकमा आफ्नो श्रम बेच्दैछन् । पार्टीमा भित्रिएका नयाँ चैतेहरुले त्यो शाख राख्न सकेनन् । पार्टी कमजोर हुँदै गयो र निरन्तर पराजयतिर उन्मुख हुँदै गएको छ ।
४. कमजोर प्रचार प्रसार
माओबादी पार्टीको प्रचार प्रसारको हिसाबले पनि ज्यादै कमजोर बन्यो । पुराना पार्टी र समाजमा सदियौंदेखि राज चलाउँदै आएका कथित मिडियाहरुले माओवादी पार्टी र त्यसको नीति र बिचारलाई सहयोग गरेनन् र गर्दैनन् पनि । किनकी, माओवादीको जितमा आफ्नो अस्तित्व रहन्न भन्ने उनीहरुलाई राम्रोसँग थाहा छ । माओबादीले मिडियाहरुमा आफ्नो राम्रो पकड र बिश्वासिलो आधार नहुँदा अरु पार्टीको जस्तो आफ्नो नीति र प्रतिबद्धतालाई जनतामा सजिलै लैजान सकेन र बुझाउन पनि सकेन । फलस्वरुप जनताले माओवादीको बारेमा बुझ्न सकेनन् र पराजय भोग्नुपर्ने स्थिति बन्यो । माओवादी धारका भनिएका मिडियाहरु पनि एक पछि अर्को गर्दै बन्द हुँदै गयो र आमसञ्चारको क्षेत्रमा उपस्थिति कमजोर हुँदै गयो । सामाजिक सञ्जालहरुमा माओबादीको बिरुद्धमा संगठित रुपमा फरक पार्टीका कार्यकर्ताहरुबाट आक्रमण हुँदैगयो र त्यसको प्रतिरक्षा पनि माओबादी कार्यकर्ताले गर्न सकेको देखिएन । अन्य पार्टीका भड्किलो र रबाफिलो प्रचार प्रसारको सामु माओबादी प्रायः निरिह जस्तै देखिए । माओबादी पार्टीप्रति आस्थावान पत्रकारहरुको निर्वाचनको समयमा ज्यादै कमजोर उपस्थिति देखियो । खासगरी माओवादीमा लामो त्याग तपस्या गरेका पत्रकारहरुलाई पार्टीले पुरै व्यवास्था ग¥यो । बरु त्यसको अलवा नेताहरुलले फेसबुके प्राईभेट पत्रकार भर्ति गर्ने, संगठन मातहातका पत्रकारलाई विश्वास नगर्ने तर नेतृत्वको चाकडी चाप्लुसी र खुराफती गर्ने प्रवृतिका पत्रकारलाई विश्वास गर्न पुग्यो । यो कारणले पनि पार्टी कमजोर हुनपुग्यो ।
५. उम्मेदवार चयन
चुनाव जित्नु र हार्नुमा उमेदवारको सामाजिक गतिबिधि, उसको नैतिक सामाजिक आचरण, जनसम्बन्धहरु सँधै प्रमुख रहने गर्छन् । कतिपय गाउँपालिका र नगरपालिकाहरुमा त्यहाँका जनतासँग राम्रो सम्बन्ध नभएका, जनमानसमा नभिजेका ब्यक्तिहरुलाई उमेदवार बनाएर पनि माओबादी पार्टी हारेको छ । कतिपय ठाउँमा पारिवारिक बिरासतलाई आधार मानेर पनि टिकट बितरण गरियो जसको कारण पनि पार्टी कमजोर उपस्थिति रहन गयो । अझ मुख्य कुरा त अरु पार्टीमा जस्तो ‘म’ भन्ने घमण्डले माओवादी केन्द्रमा पनि ठूलो असर गरेको देखिन्छ । ‘म भन्दा ठूलो कोही छैन, मैले जस्तो जानेको कोही छैन्, म भए हुन्छ अरु हुँदै हुँदैन र मलाई सानो पद त हुँदैहुँदैन लगाएत यस्ता घमण्डले पनि माओवादी कमजोर बन्यो ।
६. घात–अन्तर्घात
माअहोवादी केन्द्रले यसपटकको निर्वाचनमा नेपाली कांग्रेस लगाएत पाँचदलीय गठबन्धन राजनीतिक दलहरुसँग गरेका तालमेल केही जिल्लाहरुमा बाहेक अधिकांश स्थानहरुमा असफल देखियो । तालमेल भएका ठाउँहरुमा तालमेल गरेका दलहरुका कार्यकर्ताहरुलाई बुझाउन नसकेको देखियो अथवा भनौं ति दलका कार्यकर्ताले घात गरेर आफ्नै राम्रो संगठन भएको ठाउँमा पनि माओबादी पार्टी कमजोर बन्न पुग्यो र हा¥यो । पार्टी संगठन भित्रका पदलोलुपता भएका नेता कार्यकर्ताहरुले आफुले उमेदवारी दिन खोजेको ठाउँमा पार्टीले अर्को उम्मेदवार खडा गरेपछि प्रत्यक्ष अप्रत्यक्ष्य रुपमा असहयोग र अन्तर्घातले पार्टी धेरै ठाउँमा नमीठो पराजय भोगेको देखियो । मुख्य त कांग्रेससंग माओवादीको गठबन्धन निकै चुनौतिपूर्ण देखियो । बरु एमालेसंग जति सहज थियो । त्यसको चौगुना माओवादीलाई बेफाईदा भयो । यो चुनावको परिणाम हेर्दा विचार, राजनीति र उदेश्य नमिलिकन चुनावका लागि मात्र गरिएको गठबन्धनले पार्टीलाई ठूलो नोक्सान पु¥याउने रहेछ भनेर माओवादी नेतृत्वले गम्भिर आत्माआलोचना गरेर नस्विकारे सम्म यि घटना दोहिरी रहने छ ।
यो चुनाव सम्म आईपुग्दा माओवादीमा देखिएका यि र यस्ता कमीकमजोरीहरुलाई केही सुधार गर्न सकियो भने अबको पाँच बर्षमा माओबादी फेरी ब्यँुतन सम्भव छ । नत्र पतन हुन कसैले रोक्न सक्दैन । चौतर्फी आक्रमणमा रहेको माओबादी पार्टीले प्रतिरक्षा गर्दै पार्टी निर्माणको अबको अभिभारा सबै माओवादी घटक, वामपन्थी अन्य दलहरुबीच पुनः एकतामा जोड दिंदै जनयुद्धसँग सम्बन्धित पुराना पार्टी कार्यकर्ताहरुलाई गोलबन्द गरे मात्र माओवादीको भविश्य छ । नत्र शिला खोज्ने दिन आउन सक्छ नेतृत्वलाई हेक्का होस ।